समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान
काठमाडौँ । स्तन तथा पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि परीक्षणलाई तीव्रता दिनुपर्नेमा क्यान्सर रोग विशेषज्ञहरुले जोड दिएका छन् ।
‘सुडी समाज काठमाडौँ महिला उपसमिति’द्वारा यहाँ आयोजित स्तन तथा पाठेघर मुखको क्यान्सरसम्बन्धी निःशुल्क प्रशिक्षण कार्यक्रमका सहभागी क्यान्सर रोग विशेषज्ञहरुले स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी समस्या समयमै पत्ता लाग्ने भएकाले महिलालाई यसप्रति समयमै सचेत हुनुपर्ने आवश्यकतामाथि जोड दिए ।
“स्तन तथा पाठेघरको मुखको क्यान्सर पत्ता लगाउनका लागि नियमित परीक्षण आवश्यक रहेको छ,” क्यान्सर रोग विशेषज्ञ डा रीता महासेठले भने, “कम्तीमा १० वर्षदेखि १५ वर्षको अवधि अगाडि नै जानकारी लिन सकिने र परीक्षण गर्न सकिने सुविधा भएकाले महिलालाई सो सम्बन्धी नियमित रूपमा परीक्षणको पहुँचसम्म पुग्ने वातावरण तयार गर्नुपर्छ ।”
स्तन तथा पाठेघरको मुखको क्यान्सरमुक्त समाज निर्माण गर्ने लक्ष्य प्राप्तिका लागि यस्ता सामाजिक संस्थाले यससम्बन्धी थुप्रै कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै डा महासेठले स्तन क्यान्सरको मुख्य लक्षण स्तनमा गिर्खा आउनु, यस्तो गिर्खा नदुख्ने र बढ्ने खालको हुनु, स्तनको मुन्टा गाडिने, रङ्ग परिवर्तन हुनु, छाला बाक्लो हुनु, मुन्टाबाट पिप वा रगत बग्नु, घाउ निको नहुनु जस्ता समस्या देखिने गरेको छ भने ।
पछिल्लो तथ्याङ्कअनुसार नेपालमा प्रत्येक दिन ६ महिलामा स्तन क्यान्सरको पहिचान हुने र प्रत्येक दिन तीन जनाको यही क्यान्सरबाट मृत्यु हुने गरेको छ । विभिन्न अध्ययनले ५० वर्षदेखि ६० वर्षका महिलामा अन्यको तुलनामा बढी स्तन क्यान्सर हुने गरेको देखाएको छ । नेपालमा ४० वर्षदेखि ५० वर्ष उमेर समूहका महिलामा स्तन क्यान्सर धेरै देखिएको तथ्याङ्क छ ।
“पछिल्लो समय महिलामा स्तन क्यान्सरको समस्या बढ्दो छ,” अर्का विशेषज्ञ डा राजीव महासेठले भने, “स्तन क्यान्सर ठ्याक्कै के कारणले हुन्छ भन्न सकिँदैन । यसमध्ये पाँचदेखि १० प्रतिशत कारण वंशाणुगत पनि हो ।”
स्तन क्यान्सर हुँदा लक्षण ढिलोगरी देखिन सक्छन् । त्यसैले स्तन क्यान्सरलाई समयमा नै पत्ता लगाउने हो भने लक्षणलाई कुरेर बस्नु नहुने उल्लेख गर्दै डा महासेठले ४० वर्षमाथिको उमेरका महिलाले वर्षमा एकचोटि मेमोग्राम गराउने गर्नुपर्नेमा जोड दिए । “मेमोग्रामको सुविधा नभए अल्ट्रासाउन्ड गराएर हेर्नुपर्ने हुन्छ”, उनले भने ।
“बीस वर्षमाथिका महिलाले हरेक वर्ष स्तन परीक्षण गराउनु उपयुक्त हुन्छ । यसरी जाँच गराउने गरे गिर्खा हुनुभन्दा अगाडि नै पत्ता लाग्छ र समयमै उपचार गराउन सकिन्छ”, डा महासेठले भने, “अन्तिम चरणमा रोग पत्ता लागेमा वा जटिल खालको क्यान्सर भएमा उपचार गर्दागर्दै बिरामीको मृत्यु पनि हुन सक्छ ।”
कलिलै उमेरमा विवाह भएका, कलिलै उमेरमा यौन सम्पर्क राख्ने, बढी पुरुषसँग यौन सम्पर्क भएका, बढी सन्तान जन्माएका, खानपिनमा ध्यान नदिने तथा कुपोषण भएका, एचआइभी भाइरसको सङ्क्रमण भएका, पाठेघर अथवा यौनसम्बन्धी बराबर सङ्क्रमण भइरहने महिलामा स्तन तथा पाठेघर मुखको क्यान्सर हुने जोखिम बढी हुने डा महासेठले बताए ।
“योनीबाट फोहोर पानी बग्नु, यौनसम्पर्कपछि रगत देखिनु, महिनावारीको बीचबीचमा रगत देखिनु, महिनावारी सुकिसकेका महिलामा रगत देखिनु, तल्लो पेट दुख्नु जस्ता लक्षण देखिएका महिलामा क्यान्सर हुने जोखिम बढी हुने गर्छ”, उनले भने ।
सुडी समाजका अध्यक्ष शीतलप्रसाद महतोले स्तन तथा पाठेघरको मुखको क्यान्सर हुनुभन्दा अगाडिको सावधानीले आर्थिक बोझ र मानव जीवन जोगाउन सक्ने उल्लेख गर्दै स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि समाजमा जनचेतनामूलक कार्यक्रमलाई व्यापक रुपमा विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया