राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा मुटुरोगको उपचार सुरु
दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगको उपचार सुरु भएको छ । प्रतिष्ठानमा क्याथ ल्याब मेसिन स्थापना भएसँगैले मुटुरोगको उपचार सुरु गरिएको फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा दिनेश उप्रेतीले बताए ।
मङ्गलबार प्रतिष्ठानमा आएका रोल्पाका ५९ वर्षीय पुरुषको उपचार गरिएको हो । ती पुरुषको मुटु वरिपरि अत्यधिक पानी जम्मा भएको थियो । त्यसपछि प्रतिष्ठानको एमआरआइ, सिटीस्क्यान, भिडियो एक्स–रे को सहयोगमा बिरामीको रोगको ‘डाइग्नोसिस’ गर्न सहज भएको उनले बताए ।
मुटु वरिपरि पानी धेरै नै जम्मा भएको पत्ता लागेपछि मुटुरोग विशेषज्ञ उप्रेतिको नेतृत्वमा तारको विधिबाट शल्यक्रिया गरेर निकालिएको हो । शल्यक्रियापछि बिरामीको अवस्था सामान्य भएकाले उनलाई घर पठाइएको छ । उप्रेतीका अनुसार मुटुरोगको उपचारका लागि प्रतिष्ठानले छुट्टै ओपिडी सञ्चालनमा ल्याएको छ ।
ताजा अपडेट
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
- जर्मन सरकारले बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था पुनर्निर्माणमा सहयोग गर्ने
- बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया