क्युरेक्सको औषधी गुणस्तरहीन : तत्काल फिर्ता लैजान बिभागको निर्देशन
काठमाडौँ। क्युरेक्स फर्मास्युटिकल्सद्वारा उत्पादित ‘इन्क्लेभ ओडी’ नामक औषधी गुणस्तरहीन रहेको पुष्टि भएको छ । औषधी व्यवस्था विभागले उक्त औषधी बजारबाट तत्काल फिर्ता लैजान निर्देशन दिएको छ ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले क्युरेक्स फर्मास्युटिकल्सले उत्पादन गरेको टिइओडी ०२६ ब्याच नम्बरको इन्क्लेभ ओडी औषधी प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको रहेको पाइएको जानकारी दिए ।
उनले न्यून गुणस्तरको औषधी बजारमा बिक्रीवितरण गर्न नमिल्ने भएकाले तत्काल बजारबाट फिर्ता लैजान निर्देशन दिइएको जानकारी दिए । उनले विभागले समय समयमा बजार अनुगमनका क्रममा सङ्कलन गरिएका औषधीको नमुना राष्ट्रिय औषधी प्रयोगशालाबाट परीक्षण गर्ने गरेको जानकारी दिए ।
औषधी परीक्षणका क्रममा गुणस्तरहीन औषधी पुष्टि भएपछि औषधी ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट फिर्ता लगेर नष्ट गर्नुपर्ने हुन्छ ।

ताजा अपडेट
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया