कैलालीको गेटा अस्पतालमा ल्याप्रोस्कोपिक सर्जरी सेवा सुरु
धनगढी । कैलालीस्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गतको शिक्षण अस्पतालको रुपमा रहेको गेटा अस्पतालमा ल्याप्रोस्कोपिक सर्जरी (दुरबिन बिधिबाट गरीने शल्यक्रिया ) सेवा सुरु भएको छ ।
बुधबार अस्पतालका निर्देशकसमेत रहेका डा. प्रमोद यादवको नेतृत्वमा पित्तथैलीमा पत्थरी भएकी ४५ वर्षीया महिलाको सफल ल्याप्रोस्कोपिक शल्यक्रिया गरिएको छ ।
उक्त शल्यक्रियामा सर्जन डा. विजय राज भट्ट, एनेस्थेसियोलोजिस्ट डा. रोजी जोशी, एनेस्थेसिया असिस्टेन्ट भोजराज पाण्डेय तथा नर्सिङ कर्मचारीहरू सुष्मा बोहरा, आरती भण्डारी र रेविका विष्टको सहभागिता रहेको थियो ।

ल्याप्रोस्कोपिक सर्जरी अत्याधुनिक प्रविधिबाट गरिने न्यून चिरफारको शल्यक्रिया भएकाले बिरामीलाई कम पीडा, छिटो निको हुने र अस्पताल बसाइ छोटो हुने फाइदा हुने चिकित्सकहरूले बताएका छन् ।
गेटा अस्पतालले आगामी दिनमा थप विभिन्न विशेषज्ञ सेवाहरू विस्तार गर्दै लैजाने योजना रहेको जानकारी दिँदै यस सेवाले सुदूरपश्चिम क्षेत्रका बिरामीहरूलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेको छ ।

ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया