स्वास्थ्यमन्त्री डा सुधा गौतम: यस्तो छ दुई महिने कार्यकालका उपलब्धि
काठमाडौं । स्वास्थ्यमन्त्री डा। सुधा गौतमले दुई महिने कार्यकालमा मानसिक स्वास्थ्य, स्वास्थ्य बिमा र औषधि व्यवस्थापनमा नीतिगत उपलब्धि हासिल गरिन्।
स्वास्थ्य बिमा सुधारका लागि विज्ञ समिति गठन र अस्पतालहरूलाई बिमा रकम निकासाका लागि पहल गरियो।
औषधि व्यवस्थापन, गुणस्तर सुधार, र स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिइएको छ, जसमा टेलिमेडिसिन सेवा पनि समावेश छ।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आफ्नो दुई महिने कार्यकालमा मानसिक स्वास्थ्य, स्वास्थ्य बिमा सुधार र औषधि व्यवस्थापन जस्ता क्षेत्रमा महत्त्वपूर्ण नीतिगत उपलब्धि हासिल भएको बताएकी छन् ।
मन्त्रालयबाट भएका कार्यप्रगति सार्वजनिक गर्दै उनले सुशासन, संस्थागत सुदृढीकरण र स्वास्थ्य सेवाको पहुँच विस्तारलाई आफूले मुख्य प्राथमिकता दिएको उल्लेख गरेकी हुन् ।

कात्तिक ९ गते पदभार ग्रहण गरेकी गौतमले यी रणनीतिक कदमले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरिन् ।
उपलब्धि विवरणअनुसार स्वास्थ्य बिमामा देखिएका चुनौती समाधानका लागि विज्ञ समिति गठन गरिएको छ भने बिमा बोर्डको स्थायी दरबन्दीका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) को पूर्वस्वीकृति प्राप्त भई कार्य अघि बढेको छ ।
मन्त्री गौतमले अस्पतालहरूलाई भुक्तानी गर्न बाँकी रहेको बिमा रकम निकासाका लागि अर्थ मन्त्रालयमा पठाएको जानकारी समेत दिइन् ।
औषधि उत्पादन, आयात र मूल्य नियन्त्रणलाई व्यवस्थित गर्न विज्ञ समिति गठन गरिएको र नेपाल औषधि प्रयोगशालालाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार स्तरोन्नति गर्ने प्रक्रिया सुरु गरिएको छ ।
मन्त्री गौतमले स्वास्थ्य क्षेत्रमा खरिद तथा आपूर्ति प्रणाली सुधारका लागि निर्देशिका र कार्यविधि पुनरावलोकन गरिएको बताएकी छन् । स्थानीय तहका ५ देखि १५ शय्यासम्मका आधारभूत अस्पतालका लागि आवश्यक उपकरणको सूची स्वीकृत हुनुका साथै जोखिमयुक्त गर्भवती र नवजात शिशुको उपचार सेवामा सुधार ल्याइएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका अस्पतालमा विशेष नवजात शिशु हेरचाह एकाइ (एसएनसियू) सेवा सुदृढीकरणलाई पनि उपलब्धिको रूपमा हेरिएको छ ।
मानसिक स्वास्थ्यतर्फ १६ वटा सङ्घीय अस्पतालमा मनोसामाजिक डेस्क स्थापना गरिएको र ुजेनजीु आन्दोलनका घाइतेलाई लक्षित गरी विशेष क्लिनिकमार्फत सेवा प्रदान गरिएको छ ।
सहिद परिवारलाई मनोवैज्ञानिक सहजीकरण गरी पुनःस्थापना गर्ने कार्य पुसको तेस्रो हप्तादेखि सुरु हुने मन्त्रालयले जनाएको छ ।
यसका साथै वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि स्वास्थ्य जानकारी र श्रम मन्त्रालयसँगको समन्वयमा टेलिमेडिसिन सेवा विस्तारको तयारी भइरहेको विवरणमा उल्लेख छ ।

ताजा अपडेट
- आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
- राजविराज अस्पताल घटनाको छानबिन प्रतिवेदन प्राप्त, आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढ्यो
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया