नेपाली उद्योगको औषधि विक्री २० प्रतिशतले वृद्धि
काठमाडौं। नेपालमा पछिल्ला वर्ष औषधिको व्यापारमा वृद्धि भएको छ । नेपाल औषधि उत्पादक संघ९एपोन०ले सार्वजनिक गरेको सेल्डडाटा अनुसार अघिल्लो आर्थिक वर्षमा औषधिको विक्री २० प्रतिशत बढेको देखिएको छ ।
एपोनले शुक्रबार आर्थिक वर्ष २०८०र२०८१ को सेल्ड डाटा सार्वजनिक गरेको थियो । जसनुसार उक्त आर्थिक वर्षमा मा ३५.२ अर्बको औषधि उद्योगहरूले विक्री गरेका छन् ।
यो विक्री एपोनको सदस्य रहेका ७६ मध्ये ६७ औषधि उद्योग रहेको एपोनका उपाध्यक्ष सन्तोष बरालले जानकारी दिए । ११ उद्योग भने यो अवधिमा औषधिको कारोबार गरेका छैनन् ।
बरालका अनुसार आर्थिक वर्ष २०७९र२०८० मा २९.३६ अर्बको औषधि विक्री भएको थियो । दुई आर्थिक वर्षको तुलना गर्दा आर्थिक वर्ष २०८०/२०८१ को विक्रीमा १९.९ प्रतिशत ग्रोथ देखिएको हो।
पछिल्ला ३० महिनामा नेपालमा कुनै नयाँ औषधि कम्पनी स्थापना नभएको उपाध्यक्ष बरालले बताए । पुराना र नयाँ कम्पनीको ग्रोथमा भने धेरै भिन्नता रहेको एपोनले सार्वजनिक गरेको तथ्यांकमा देखिएको छ । २० प्रतिशत ग्रोथमा नयाँ कम्पनीको ग्रोथ १७ प्रतिशत र पुराना कम्पनीको ग्रोथ ३ प्रतिशत रहेको बरालले जानकारी दिए ।
सार्वजनिक गरिएको आँकडाअनुसार नेपाली औषधि उद्योगको सेल्स कम्तिमा ६ करोडदेखि धेरैमा ३५० करोडसम्म रहेको छ । ४५ उद्योगले १५ करोड भन्दा कमको औषधि विक्री गरेका छन् भने । ६ उद्योगले १०० करोड भन्दा बढी विक्री गर्दा २५० करोड भन्दा बढी औषधि विक्री गर्ने उद्योग ५ रहेका छन् ।
एपोनले हरेक वर्षको औषधि सेल्सको तथ्यांक सार्वजनिक गर्ने गरेको छ । नेपाली उद्योगका औषधि नेपालबाहेक विभिन्न एसियाली, अफ्रिकी र दक्षिण अमेरिकी देशमा समेत जाने उपाध्यक्ष बरालले बताए ।
ताजा अपडेट
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया