Techie IT
  • सोमबार, असोज १९, २०८३ / Monday, October 5, 2026
गृहपृष्ठ ∕ मुख्य समाचार ∕ विशेष अदालतबाट सफाइ पाएका लामिछाने सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त

विशेष अदालतबाट सफाइ पाएका लामिछाने सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त


काठमाडौं । बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका भिमकान्त लामिछानेले सार्वजनिक सम्पत्ति हिनामिनासम्बन्धी मुद्दामा विशेष अदालतबाट सफाइ पाएको खुलेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले शुक्रबार लामिछानेलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको थियो। नियुक्तिपछि उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा चलेको विषय सार्वजनिक भएपछि उनको कानुनी अवस्थाबारे प्रश्न उठेको थियो।
तर, विशेष अदालतबाट जारी पत्रअनुसार लामिछानेविरुद्ध दायर भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा उनले सफाइ पाइसकेका छन्। विशेष अदालत, काठमाडौंले खजुरा गाउँपालिका–३, बाँकेका लामिछानेसमेत विरुद्धको भ्रष्टाचार (सार्वजनिक सम्पत्ति हिनामिना) मुद्दामा फैसला गरेको पत्रमा उल्लेख छ।
विशेष अदालतको पत्रमा उक्त मुद्दा इजलाससमक्ष पेस हुँदा आरोपित कसुरबाट सफाइ पाउने ठहरी फैसला भएको राय किताबबाट देखिएको उल्लेख छ। फैसलाको पूर्णपाठ तयार भइनसकेकाले सोसम्बन्धी जानकारीसमेत पत्रमार्फत उपलब्ध गराइएको छ।
यससँगै लामिछानेमाथि अख्तियारमा मुद्दा चलेको भए पनि उक्त मुद्दामा विशेष अदालतबाटै सफाइ पाइसकेको अवस्थामा उनलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरिएको देखिएको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

error: Content is protected !!