शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : स्वास्थ्य मन्त्रालयले अझै हस्तान्तरण गरेन शिक्षण अस्पताल
डा यादव भन्छन् : सबै ठेक्का तिमिले लिएका छौँ
काठमाडौं । कैलालीको गेटा स्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा रहेको तत्कालीन गेटा अस्पताल हालसम्म पनि विश्वविद्यालयलाई हस्तान्तरण हुन सकेको छैन।
स्वास्थ्य मन्त्रालयले २०७९ असारमा डा. प्रमोद जोशीलाई नियुक्त गरेको थियो। डा. जोशीकै पालामा २०८० कार्तिक १ गतेबाट न्यूनतम सेवा सहित अस्पताल सञ्चालनमा आएको थियो। उक्त समयमा अस्पताल हस्तान्तरण भवन नै नलिई सेवा सुचारू गरिएको थियो। मेडिकल कलेज पुर्बाधार समितिबाट २०८०/०९/२० मा मात्रै अस्पताल भवन प्रयोग गर्ने भनी तत्कालीन निर्देशक डा बिप्लब सापकोटाले लिएका थिए । २०८३ असार २४ को मन्त्रिपरिषद् बैठकले गेटा अस्पताललाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति दिएको थियो।
सो समयमा गेटा अस्पतालका निर्देशक रहेका डा. प्रमोदकुमार यादव भने अस्पताल हस्तान्तरण नगरी गएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले साउन ६ गते गेटा अस्पताललाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्ने निर्णय भएकाले आवश्यक प्रक्रिया अवलम्बन गरी हस्तान्तरण गर्न गराउन भनी डा. यादवलाई पत्राचार गरेको थियो। तर डा. यादव भने अस्पताल हस्तान्तरण नगरी साउन १२ गते बिदाइ भएर गएका छन्। सो विषयमा स्वास्थ्यहबले डा. यादवको प्रतिक्रिया लिन खोज्दा ‘सबैको ठेक्का तिमीले लिएका छाैं’ भन्दै फोन काटे।डा. यादवले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई अस्पताल हस्तान्तरण भइसकेको भन्दै जवाफ दिइरहेका छन्।
यो विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव विकास देवकोटाले गेटा अस्पतालका तत्कालीन निर्देशक डा. प्रमोद कुमार यादवले विश्वविद्यालयका पदाधिकारीलाई हस्तान्तरण गरेकाे भनेर रिपोर्टिङ भएकाे बताए।
शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डा. भीम चन्दले अस्पताल हस्तान्तरणको विषयमा कुनै पत्र विश्वविद्यालय वा पदाधिकारीले नलिएको बताए। उनले भने, अस्पतालमा खरिद गरी राखिएका उपकरणहरूको परीक्षण तथा चेकजाँच भइरहेको बताए।
यसरी हस्तान्तरण गरिएको थियो अस्पताल भवन
२०७८ चैत १४ गतेका मन्त्रिपरिषद् निर्णय अनुसार कैलालीको गेटामा ३ सय शय्याको शिक्षण अस्पताल स्थापना र सञ्चालन गर्न शिक्षा मन्त्रालय मातहत रहेको मेडिकल कलेज पूर्वाधार निर्माण विकास समिति २०७९ जेठ २ गतेको मन्त्रिपरिषद्. निर्णय अनुसार तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालले खटाएकाे अस्पताल निर्देशक लाई अस्पताल भवन उपलब्ध गराउने भनी परिपत्र गरेकाे थियाे । तत्कालीन मेडिकल कलेज पुर्बाधार विकास समितिले अस्पताल भवनकाे भाैतिक संरचनामा असर नपर्ने गरि अस्पताल भवनमा पानी बिजुलि एसि अक्सिजन सप्लाई सिस्टम सहित अस्पताल सञ्चालन प्रयोजनका लागि उपकरण मेसिनरी सामान र फर्निचरको लगायतको हेरदेख संरक्षण सम्बन्धमा गर्न अस्पताल निर्देशकको जिम्मेवारी रहने गरी हस्तान्तरण गरेको थियो । जसमा अस्पताल भवन, लण्ड्री हाउस, अटोक्लेभ भवन, कुरुवा घर, शव गृह अक्सिजन प्लान्ट भवन हस्तान्तरण गरिएको थियो ।
ताजा अपडेट
- स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य, EMR बाट प्राप्त विवरणलाई दाबी मान्यता
- विशेष अदालतबाट सफाइ पाएका लामिछाने सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त
- निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित
- सेती प्रादेशिक अस्पतालमा बिग्रिएको सिटी स्क्यान आपूर्तिकर्तालेनै मर्मत गर्दै
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : स्वास्थ्य मन्त्रालयले अझै हस्तान्तरण गरेन शिक्षण अस्पताल
- महाकाली प्रादेशिक अस्पतालमा हप्तामा दुई दिन रातिको सिफ्टमा डायलाइसिस सेवा सञ्चालन हुने
- स्वास्थ्य प्रणाली बलियो बनाउन सीडीसी, एफडीए र एनएचएएको संरचना आवश्यक
- निजी स्वास्थ्य संस्थामा संयुक्त अनुगमन : २ संस्थालाई सेवा बन्द गर्न निर्देशन
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया