Techie IT
  • सोमबार, असोज १९, २०८३ / Monday, October 5, 2026
गृहपृष्ठ ∕ मुख्य समाचार ∕ स्वास्थ्य प्रणाली बलियो बनाउन सीडीसी, एफडीए र एनएचएएको संरचना आवश्यक

स्वास्थ्य प्रणाली बलियो बनाउन सीडीसी, एफडीए र एनएचएएको संरचना आवश्यक


काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले रोग नियन्त्रण,औषधि तथा खाद्य नियमन र स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि प्रस्तावित रोग नियन्त्रण केन्द्र (सीडीसी),खाद्य तथा औषधि प्रशासन (एफडीए)र राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण(एनएचएए)को संरचना निर्माण गर्दा विद्यमान संस्थाको विशेषज्ञता, जनशक्ति र अनुभवलाई संरक्षण गर्नुपर्ने बताएकि छिन्।
सीडीसी,एफडीए तथा एनएचएए स्थापना सम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री मेहताले तीनवटै संरचना समग्र स्वास्थ्य प्रणालीसँग जोडिएको बताईन् । उनले औषधि तथा खाद्य नियमनमा रहेको दोहोरोपन र जिम्मेवारीको अस्पष्टता हटाउँदै औषधि,खोप,स्वास्थ्य उपकरण,रोग परीक्षण सामग्रीलगायतको नियमनलाई व्यवस्थित गर्नुपर्ने बताईन् ।
स्वास्थ्य संस्थाको गुणस्तरका लागि सरकारी,निजी तथा गैरसरकारी सबै संस्थामा आधारभूत राष्ट्रिय मापदण्ड आवश्यक रहेको उहाँको भनाइ थियो। एनएचएएले स्वास्थ्य संस्थाको बाह्य मूल्याङ्कन तथा गुणस्तर प्रत्यायनको प्रणाली विकास गर्न सक्ने उनले बताईन् ।
त्यस्तै, सीडीसीलाई रोग निगरानी,महामारी तयारी तथा आकस्मिक प्रतिकार्यमा संघीय तहको प्राविधिक नेतृत्व गर्ने संरचनाका रूपमा विकास गर्न सकिने मन्त्री मेहताले बताईन्। हाल कार्यरत सम्बन्धित निकायको जनशक्ति र विशेषज्ञतालाई समेत नयाँ संरचनामा उपयोग गर्नुपर्ने उनको भनाइ थियो।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

error: Content is protected !!