मधेशमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न रामराजा प्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेश प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा,दक्ष स्वास्थ्य जनशक्ति उत्पादन तथा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न आवश्यक रहेको बताउनुभएको छ।
‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक, २०८३’माथिको सैद्धान्तिक छलफलका क्रममा प्रतिनिधिसभामा धारणा राख्दै मन्त्री मेहताले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न स्वास्थ्य सेवा विस्तारसँगै गुणस्तरीय स्वास्थ्य शिक्षा र दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले अन्य प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भई सञ्चालनमा रहे पनि मधेश प्रदेशमा हालसम्म त्यस्तो प्रतिष्ठान स्थापना हुन नसकेको उल्लेख गर्दै प्रादेशिक सन्तुलन कायम गर्न प्रतिष्ठान आवश्यक रहेको बताउनु भएको हो।
मन्त्री मेहताले प्रतिष्ठान स्थापनाका लागि सरकारले यसअघि नै ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) आदेश,२०८०’ जारी गरी आवश्यक पूर्वाधार निर्माण तथा तयारीका काम अघि बढाइसकेको छ। समितिको पहिलो बैठक २०८१ वैशाख २ गते बसेको र समितिको कार्यावधिसमेत निश्चित भएकाले प्रतिष्ठानसम्बन्धी कानुनी व्यवस्था यथाशीघ्र गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो।
मन्त्री मेहताले प्रतिष्ठान स्थापना भएपछि मधेश प्रदेशका नागरिकले आफ्नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा तथा विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण बन्ने बताउनुभएको हो। उहाँले चिकित्सा शिक्षामा समानुपातिक तथा समावेशी सहभागिता सुनिश्चित गर्नुपर्ने संवैधानिक तथा कानुनी व्यवस्थालाई कार्यान्वयन गर्नसमेत विधेयकले आधार तयार गर्ने बताउनुभयो। स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी कानुनमा आवश्यक एकरूपता कायम गर्न पनि विधेयक महत्वपूर्ण हुने उहाँको भनाइ थियो।
सरकारले चिकित्सा शिक्षासम्बन्धी विभिन्न प्रतिष्ठानलाई भविष्यमा एकीकृत छाता ऐनमार्फत व्यवस्थित गर्ने नीति लिएको जानकारी दिँदै मन्त्री मेहताले उक्त कानुनी व्यवस्था कार्यान्वयनमा नआएसम्म रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छुट्टै ऐनमार्फत स्थापना गरी संस्थागत आधार तयार गर्नु आवश्यक रहेको बताउनुभयो।
उहाँले चालु आर्थिक वर्षमा समेत प्रतिष्ठानका लागि बजेट विनियोजन गरिएको जानकारी दिँदै स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमअन्तर्गत प्रतिष्ठानको काम अघि बढिरहेको बताउनुभयो। मन्त्री मेहताले विधेयकलाई प्रभावकारी,व्यवहारिक र जनमुखी बनाउन संसद्मा प्राप्त हुने रचनात्मक सुझावलाई मन्त्रालयले सकारात्मक रूपमा ग्रहण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
ताजा अपडेट
- स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य, EMR बाट प्राप्त विवरणलाई दाबी मान्यता
- विशेष अदालतबाट सफाइ पाएका लामिछाने सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त
- निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित
- सेती प्रादेशिक अस्पतालमा बिग्रिएको सिटी स्क्यान आपूर्तिकर्तालेनै मर्मत गर्दै
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : स्वास्थ्य मन्त्रालयले अझै हस्तान्तरण गरेन शिक्षण अस्पताल
- महाकाली प्रादेशिक अस्पतालमा हप्तामा दुई दिन रातिको सिफ्टमा डायलाइसिस सेवा सञ्चालन हुने
- स्वास्थ्य प्रणाली बलियो बनाउन सीडीसी, एफडीए र एनएचएएको संरचना आवश्यक
- निजी स्वास्थ्य संस्थामा संयुक्त अनुगमन : २ संस्थालाई सेवा बन्द गर्न निर्देशन
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया