सुदूरमा ‘डायलासिस’ सेवाः ‘पहाडमा उपचार पाउन मुश्किल, तराईमा बिरामीको चाप’
कैलाली । नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशका छ पहाडी जिल्लामा मृगौला रोग पीडित बिरामीहरुले अझै पनि ‘डायलासिस’ सेवा पाउन सकेका छैनन् ।
यहाँका सात पहाडी जिल्ला मध्ये डडेल्धुरा अस्पतालमा पाँच शैया मृगौला ‘डायलासिस’ सेवा सञ्चालनमा छ । भने बाँकी ६ जिल्लाका मृगौा पीडित बिरामीहरुले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता छ । पाँच शैया रहेको डडेल्धुरामा ३० जनाले डायलासिस सेवा लिइरहेको अस्पतालले जनाएको छ । यहाँका पहाडी जिल्लाका मृगौला पीडित बिरामीहरु उपचारका लागि कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरका साथै भारतका विभिन्न अस्पताल समेत धाउनुपर्ने बाध्यता छ ।
तराईको दुई जिल्ला र डडेल्धुरामा ‘डायलासिस’ सेवा रहेपनि बिरामीको चाप अत्यधिक हुँदा बिरामीहरुले सहज रुपमा सेवा नपाउने परिस्थती रहेको छ । कैलालीको सेती प्रादेशिक, कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक र टीकापुर प्रादेशिक अस्पतालले मृगौला ‘डायलासिस’ सेवा प्रदान गरिरहेको भएपनि बिरामीहरुले उपचारका लागि कुर्नुपर्ने अवस्था छ ।
सरकारी र नीजि अस्पताल गरी यहाँ कुल ४६ शैयाकाे मृगौला ‘डायलासिस’ सेवा प्रदान गरिरहेका छन् । सेती प्रादेशिक अस्पतालमा २१ शैया, महाकाली र टीकापुर अस्पतालमा दश/दश शैया र धनगढीस्थित नीजि अस्पतालमा दश शैय्या सञ्चालित छन् । भने संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालमा पाँच वटा शैया छन् ।
यहाँको डोटी जिल्ला अस्पतालबाट पनि ‘डायलासिस’ सेवा प्रदानको गृहकार्य भइरहेको भएपनि सेवा सञ्चालनमा आइसकेको छैन् । डोटी जिल्ला अस्पतालका सुचना अधिकारी नारद प्रसाद भट्टले भौतिक संरचना अभावका कारण ‘डायलासिस’ सेवा प्रदान गर्न कठिनाई भइरहेको बताए । उनले स्वास्थ्य सेवा विभागबाट तीन थान ‘डायलासिस’ मेसिन अस्पताललाई दिइएको जानकारी दिए ।
“ अस्पतालको नयाँ अभाव निर्माण अन्तिम चरणमा छ ।” भट्टले भने–“ डायलासिसका लागि एक जना नर्सिङ्ग जनशक्तिले तालिम समेत लिइसकेको छ । भवन हस्तान्तरण लगत्तै यहाँ उक्त सेवा सुचारु गछौं ।”
सुदूरपश्चिम प्रदेश सरकारले यहाँ ‘डायलासिस’ सेवा सहज रुपमा प्रदान गर्ने गृहकार्य अघि बढाएको भएपनि बिरामीहरुले ‘डायलासिस’का लागि कुनुपर्ने र भनसुन गराउनुपर्ने परिस्थिती विद्यमान छ ।
प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्टले पदभार ग्रहण लगत्तै सुदूरपश्चिमका प्रादेशिक अस्पतालमा मृगौला ‘डायलासिस’ शैया थप गर्ने र पहाडी जिल्लामा उक्त सेवा विस्तार गर्ने पहिलो निर्णय गरेका थिए ।
गत साउन २९ गतेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सेती प्रादेशिक अस्पतालमा पाँच शैया, महाकाली चार शैया टीकापुर अस्पताल तीन शैया थप गर्ने निर्णय गरेको थियो । भने कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल ५ शैया, अछामको बयलपाटा प्रादेशिक अस्पताल र जोगबुढा प्रादेशिक अस्पतालमा दुई/दुई र पहाडी जिल्लाका जिल्ला अस्पतालहरुमा दुई शैया मृगौला ‘डायलासिस’ सेवा बिस्तार गर्ने निर्णय गरेको थियो ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी किशोर श्रेष्ठले अस्पतालमा दुई सय दश जना मृगौला पीडित बिरामीले ‘डायलासिस’ सेवा लिइरहेको जानकारी दिए । “ दैनिक १५ जना बिरामीले सेवा पाउन कुर्नुपर्ने बाध्यता छ ।” उनले भनेो–“ दैनिक १५ देखि २० जनाले सेवा पाइरहेका छन् ।”
यहाँ नीजि तर्फ धनगढीमा रहेको नवजिवन अस्पतालले दश शैयाबाट डायलासिस सेवा प्रदान गरिरहेको छ । त्यसैगरी जिल्ला अस्पताल बझाङका प्रमुख डा. सन्दिप ओखेडाले बझाङ्गमा ‘डायलासिस’ सेवा लिुनपर्ने मृगौला पीडित बिरामीहरु उपचारका लागि धनगढी धाउने गरेको बताए ।
“जिल्लामै सेवा प्रदान गर्न भौतिक पुर्वाधारसँगै तालिम प्राप्त जनशक्ति पनि छ ।” उनले भने –“ मैले चिनेका ८/१० जना बिरामी धनगढीमा डायलासिस गराइरहनु भएको छ ।” उनले जिल्लामै सो सेवा प्रदान गर्न पहल गरिनुपर्नेमा जोड दिए ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा खगेन्द्र बमले पहाडी जिल्लामा रहेका अस्पतालमा समेत मृगौला ‘डायलासिस’ सेवा सञ्चालन गर्न सकिने बताए । “दक्ष जनशक्ति र आवश्यक उपकरण भए जिल्ला अस्पतालहरुमा सञ्चालन गर्न समस्या हुदैन ।” उनले भने–“ सेवा विस्तारका लागि भौतिक संरचना निर्माणदेखि जनशक्तिसम्मका तीन वटै सरकारबीच सहकार्य पनि गर्न आवश्यक छ ।”
ताजा अपडेट
- सुदूरमा ‘डायलासिस’ सेवाः ‘पहाडमा उपचार पाउन मुश्किल, तराईमा बिरामीको चाप’
- जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट तीन विधेयक संसदमा दर्ता
- स्वास्थ्य बीमाअन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालका १५१ पदमा १ हजार ६ सय बढीको आवेदन
- कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालमा थपिए २९ विशेषज्ञ चिकित्सक
- आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया