स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट तीन विधेयक संसदमा दर्ता
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीन वटा संशोधन विधेयक संसद् सचिवालयमा दर्ता भएका छन्।
मन्त्रिपरिषद्को २०८३ भदौ २९ गतेको बैठकबाट स्वीकृत भएपछि मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनलाई संशोधन गर्न बनेको विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक र आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (नियमन तथा नियन्त्रण गर्ने) ऐनलाई संशोधन गर्न बनेको विधेयक संसद् सचिवालयमा दर्ता गराएको हो।
स्वास्थ्य क्षेत्रका विद्यमान कानुनी व्यवस्थालाई समयसापेक्ष बनाउँदै सेवा प्रवाह, मातृ तथा प्रजनन स्वास्थ्य अधिकार, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा र आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको नियमनलाई थप प्रभावकारी बनाउने उद्देश्यले मन्त्रालयले यी विधेयक अघि बढाएको हो।
मन्त्रिपरिषद्बाट स्वीकृत भई संसद् सचिवालयमा दर्ता भएसँगै तीनवटै विधेयक अब संघीय संसद्को विधायन प्रक्रियामा प्रवेश गरेका छन्।
ताजा अपडेट
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट तीन विधेयक संसदमा दर्ता
- स्वास्थ्य बीमाअन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालका १५१ पदमा १ हजार ६ सय बढीको आवेदन
- कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालमा थपिए २९ विशेषज्ञ चिकित्सक
- आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
- राजविराज अस्पताल घटनाको छानबिन प्रतिवेदन प्राप्त, आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढ्यो
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया