दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
कैलाली । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले शिक्षण अस्पतालका लागि स्वास्थ्य सेवातर्फ विभिन्न श्रेणीका १५१ पदमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । विश्वविद्यालयले मेडिकल अधिकृत, डेन्टल सर्जन, नर्सिङ अधिकृत, स्टाफ नर्ससहित चिकित्सकीय तथा स्वास्थ्य सेवाका विभिन्न १३ पदमा कर्मचारी माग गरेको हो । विश्वविद्यालयले सार्वजनिक गरेको विज्ञापनअनुसार स्वास्थ्य सेवा आठौँ श्रेणीअन्तर्गत मेडिकल अधिकृत १० जना, डेन्टल सर्जन ४ जना र बायोमेडिकल इन्जिनियर १ जना माग गरिएको छ ।
त्यस्तै, स्वास्थ्य सेवा सातौँ श्रेणीमा नर्सिङ अधिकृत १० जना, रेडियोग्राफी अधिकृत १ जना, फार्मेसी अधिकृत २ जना, फिजियोथेरापी अधिकृत २ जना र ल्याब टेक्नोलोजिष्ट ३ जना गरी कुल १८ पदमा दरखास्त आह्वान गरिएको छ ।
सहायक पाँचौँ तहमा सबैभन्दा धेरै स्टाफ नर्स ९० जना माग गरिएको छ । यसै तहमा ल्याब टेक्निसियन १० जना, रेडियोग्राफर ६ जना, फिजियोथेरापी सहायक २ जना र फार्मेसी सहायक १० जना गरी ११८ पदमा पदपूर्ति गरिने विश्वविद्यालयले जनाएको छ ।
यसरी विश्वविद्यालयले शिक्षण अस्पतालका लागि अधिकृतदेखि सहायक तहसम्म गरी कुल १५१ स्वास्थ्यकर्मी नियुक्त गर्ने तयारी गरेको छ ।
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले स्वास्थ्यकर्मी पदपूर्तिसँगै चिकित्सा क्षेत्रका शैक्षिक कार्यक्रम सञ्चालनको तयारीसमेत अघि बढाएको छ । विश्वविद्यालयमा चिकित्सा क्षेत्रका शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधार, जनशक्ति तथा शिक्षण अस्पतालको अवस्थाबारे चिकित्सा शिक्षा आयोगले यसै महिनाभित्र विश्वविद्यालय तथा शिक्षण अस्पतालको अनुगमन गर्ने तयारी गरेको छ । आयोगको अनुगमनपछि विश्वविद्यालयमा सञ्चालन हुने चिकित्सा तथा स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रमको सिट निर्धारण हुने बताइएको छ ।
ताजा अपडेट
- स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य, EMR बाट प्राप्त विवरणलाई दाबी मान्यता
- विशेष अदालतबाट सफाइ पाएका लामिछाने सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त
- निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित
- सेती प्रादेशिक अस्पतालमा बिग्रिएको सिटी स्क्यान आपूर्तिकर्तालेनै मर्मत गर्दै
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : स्वास्थ्य मन्त्रालयले अझै हस्तान्तरण गरेन शिक्षण अस्पताल
- महाकाली प्रादेशिक अस्पतालमा हप्तामा दुई दिन रातिको सिफ्टमा डायलाइसिस सेवा सञ्चालन हुने
- स्वास्थ्य प्रणाली बलियो बनाउन सीडीसी, एफडीए र एनएचएएको संरचना आवश्यक
- निजी स्वास्थ्य संस्थामा संयुक्त अनुगमन : २ संस्थालाई सेवा बन्द गर्न निर्देशन
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया