Techie IT
  • आईतबार, भदौ २८, २०८३ / Sunday, September 13, 2026
गृहपृष्ठमुख्य समाचारजर्मन सरकारले बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था पुनर्निर्माणमा सहयोग गर्ने

जर्मन सरकारले बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था पुनर्निर्माणमा सहयोग गर्ने


काठमाडौं । जर्मन सरकारले बाढी प्रभावित क्षेत्रमा क्षति पुगेका स्वास्थ्य संस्थाको पुनर्निर्माण तथा स्वास्थ्य सेवा पुनःस्थापनामा सहयोग गर्ने भएको छ।

बाढीका कारण पूर्ण तथा आंशिक रूपमा क्षति भएका स्वास्थ्य संस्थाको पुनर्निर्माण,प्रभावित स्वास्थ्य संस्थामा फोहोरमैला व्यवस्थापनको सुदृढीकरण तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार गरेको प्रतिकार्य कार्ययोजना कार्यान्वयनमा समेत सहयोग गर्ने विषयमा बिहीबार मन्त्रालयमा छलफल भएको हो।

मन्त्रालयमा भएको बैठकमा जर्मन दूतावासका उपप्रमुख तथा विकास सहयोग प्रमुख बेन्जामिन सेइडल,विकास सहयोग उपप्रमुख जान डिर्क्सेन तथा जीआईजेड नेपालका प्रोग्राम म्यानेजर रुथ शुमाकर र डेपुटी प्रोग्राम म्यानेजर तीर्थकुमार सिन्हा सहभागी थिए।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

error: Content is protected !!