नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा.प्रमोद जोशी
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को सदस्यसचिवमा डा.प्रमोद जोशी नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
स्वास्थ्य अनुसन्धान,चिकित्सा सेवा तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव हासिल गरेका डा जोशीसँग परिषद्कै नेतृत्व तहमा काम गरेको अनुभव पनि छ।
डा.जोशीले सन् २००० मा युक्रेनको ओडेसा स्टेट मेडिकल युनिभर्सिटीबाट एमबीबीएस तथा सन् २००९ मा नेशनल एकेडेमी अफ मेडिकल साइन्सेस (न्याम्स)बाट अर्थोपेडिक्स तथा ट्रमा विषयमा एमएस गरेका छन् ।
उनले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालबाट आर्थ्रोप्लास्टी तथा आर्थ्रोस्कोपीमा फेलोसिपसमेत गरेका छन् ।
उनले सन् २०२४ देखि २०२६ सम्म नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यकारी सदस्यसचिवका रूपमा जिम्मेवारी सम्हालीसकेका हुन् । त्यसअघि राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट,गेटा अस्पतालका संस्थापक निर्देशक तथा सेती प्रादेशिक अस्पतालमा वरिष्ठ अर्थोपेडिक सर्जनका रूपमा काम गरेका हुन् ।
ताजा अपडेट
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
- जर्मन सरकारले बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था पुनर्निर्माणमा सहयोग गर्ने
- बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया