निःशुल्क स्वास्थ्य पोर्टलबाट दुई हजारभन्दा बढीले पाए उपचार सेवा
काठमाडौं । सरकारले विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरेको निःशुल्क स्वास्थ्य पोर्टलमार्फत उपचार सेवा लिनेको संख्या दुई हजार २०० नाघेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार पोर्टलमा आबद्ध अस्पतालको सङ्ख्या बढ्दै गएको छ । सुरुमा १३ अस्पताल आबद्ध रहेकोमा अहिले यो संख्या २३८ पुगेको मन्त्रालयका प्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।
पोर्टलमार्फत अस्पतालले आफ्नो कुल शय्या सङ्ख्या र त्यसको १० प्रतिशत बराबरको निःशुल्क शय्याको विवरण नियमित रूपमा अद्यावधिक गर्ने गरेका छन् ।
विपन्न बिरामी वा उनीहरूका आफन्तले मोबाइल र कम्प्युटरबाट कुन अस्पतालमा कति निःशुल्क शय्या उपलब्ध छ भन्ने जानकारी लिन सक्ने व्यवस्था गरिएको छ । साथै अस्पतालमा उपलब्ध रगतसम्बन्धी जानकारी पनि पोर्टलबाट हेर्न सकिनेछ ।
संविधानमा व्यवस्था गरिएको निःशुल्क स्वास्थ्य उपचारको अधिकार कार्यान्वयन गर्न सरकारले सूचना प्रविधिमा आधारित यो प्रणाली सञ्चालनमा ल्याएको हो ।
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार अस्पतालले कुल शय्याको १० प्रतिशत विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।
मन्त्रालयका अनुसार देशभरका अस्पतालमा सोमबार दिउँसोसम्म २८ हजार ७०४ शय्याको १० प्रतिशत बराबर तीन हजार ३८० निःशुल्क शय्या उपलब्ध छन् । तीमध्ये ५९३ शय्यामा विपन्न बिरामीले निःशुल्क उपचार पाइरहेका छन् भने अझै दुई हजार ७८७ शय्या खाली छ ।
प्रवक्ता अधिकारीका अनुसार पोर्टल सञ्चालनपछि हालसम्म एक हजार ७६० भन्दा बढी व्यक्तिले निःशुल्क शय्या सुविधा पाएका छन् ।
देशका ठूला अस्पतालमध्ये सबैभन्दा बढी निःशुल्क शय्या बिपी कोइराला क्यान्सर अस्पतालमा उपलब्ध छ । त्यहाँ उपलब्ध २५१ निःशुल्क शय्यामध्ये सबै खाली छन् । निःशुल्क शय्याको सबैभन्दा बढी प्रयोग भने वीर अस्पतालमा भएको छ ।
डा अधिकारीले निःशुल्क शय्याबारे आम नागरिकलाई जानकारी नभएकाले प्रयोगकर्ता संख्या कम देखिएको बताउँदै जानकारी विस्तारसँगै यसको प्रयोग बढ्ने बताए ।
मन्त्रालयले निःशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३ स्वीकृत गरी ‘वेबसाइट’मा राखेको जनाएको छ । पोर्टललाई थप व्यवस्थित बनाउँदै लक्षित वर्गलाई निःशुल्क उपचार सेवा सहज बनाउने काम भइरहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
- आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
- राजविराज अस्पताल घटनाको छानबिन प्रतिवेदन प्राप्त, आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढ्यो
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया