काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा
केही समयमै बोनम्यारो ट्रान्सप्लान्ट सेवा सुरु गर्ने घोषणा
काठमाडौं । काठमाडौं क्यान्सर सेन्टरले नेपालमै अन्तर्राष्ट्रियस्तरको क्यान्सर उपचार सेवा विस्तार गर्दै अत्याधुनिक प्रविधिमा आधारित नयाँ सेवाहरू सञ्चालनमा ल्याएको जनाएको छ ।
अस्पतालले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत क्यान्सर उपचार, अनुसन्धान तथा स्वास्थ्य सेवा विस्तारका नयाँ उपलब्धिहरू सार्वजनिक गरेको हो । भक्तपुरको ताथलीमा वि.सं. २०७६ मा स्थापना भएको सेन्टरले नेपाली बिरामीलाई उपचारका लागि विदेश जानुपर्ने बाध्यता घटाउने उद्देश्यसहित बहुविषयगत क्यान्सर उपचार सेवा प्रदान गर्दै आएको जनाएको छ ।
अस्पतालमा रेडिएसन अंकोलोजी , मेडिकल अंकोलोजी , सर्जिकल अंकोलोजी , रेडियोलोजी तथा प्याथोलोजीका विशेषज्ञ सम्मिलित ट्युमर बोर्डमार्फत जटिल बिरामीको उपचार योजना तयार गरिने व्यवस्था रहेको छ ।
पत्रकार सम्मेलनमा सेन्टरले नेपालमै पहिलोपटक कार–टी सेल थेरापी सेवा सुरु गर्ने तयारी पूरा भएको जानकारी दिएको छ । रक्तजन्य क्यान्सरका बिरामीका लागि प्रभावकारी मानिने यो सेवा भारत र जर्मनीका विशेषज्ञ संस्थासँगको सहकार्यमा सञ्चालन गरिने जनाइएको छ । यसैगरी, अस्पतालले बोन म्यारो ट्रान्सप्लान्टसेवा पनि सुरु गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।
सेवा सञ्चालनपछि बोन म्यारो तथा रगतसम्बन्धी जटिल रोगका बिरामीले उपचारका लागि विदेश जानुपर्ने अवस्था उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ ।
रेडियोथेरापी सेवातर्फ पनि सेन्टरले अत्याधुनिक लिनियर एक्सेलेरेटर स्टेरियोट्याक्टिक प्रविधि जडान गरेको जनाएको छ । यस प्रविधिबाट मस्तिष्क, फोक्सो, कलेजो, मुख तथा अन्य जटिल अङ्गका क्यान्सरको उच्च सटीकतासहित उपचार गर्न सकिने अस्पतालको दाबी छ । साथै स्वस्थ तन्तुलाई न्यून क्षति पु¥याउँदै प्रभावकारी विकिरण उपचार उपलब्ध गराउन सकिने बताइएको छ ।
अस्पतालले पेन तथा प्यालिएटिभ केयर सेवालाई थप सुदृढ बनाउन अन्तर्राष्ट्रिय सहकार्यमा नयाँ अनुसन्धान कार्यक्रमसमेत सुरु गरेको जानकारी दिएको छ । क्यान्सर उपचारसँगै अनुसन्धान, आधुनिक प्रविधि र विशेषज्ञ सेवाको विस्तारले नेपालमै गुणस्तरीय उपचार उपलब्ध गराउने दिशामा काठमाडौं क्यान्सर सेन्टरले महत्वपूर्ण फड्को मारेको अस्पतालको भनाइ छ ।
ताजा अपडेट
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया