नेपालको स्वास्थ्य क्षेत्रलाई नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि नर्वेका राजदूत महामहिम ड्याग्नी म्योस (H.E. Ms. Dagny Mjøs) बीच बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।भेटका क्रममा नेपाल–नर्वेबीचको द्विपक्षीय सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा भइरहेको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
छलफलमा नर्वे सरकारको सहयोगमा नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य सूचना प्रणाली, मानसिक स्वास्थ्य, स्वास्थ्य शिक्षा, स्वास्थ्य अनुसन्धान, मातृ तथा बाल स्वास्थ्य, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलगायतका क्षेत्रमा भइरहेका कार्यक्रमबारे समीक्षा गरिएको थियो।
मन्त्री मेहताले नेपालको आवश्यकता र बढ्दो रोगको भारलाई दृष्टिगत गर्दै स्वास्थ्य पूर्वाधार विकास, स्वास्थ्य सेवाको डिजिटाइजेशन, जलवायु परिवर्तन र जनस्वास्थ्य, नसर्ने रोग तथा मानसिक स्वास्थ्य सेवा सुदृढीकरण, स्वास्थ्य पर्यटन र जडीबुटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै यी क्षेत्रमा नर्वेसँग थप सहकार्यको अपेक्षा रहेको उल्लेख गर्नुभएको छ।
राजदूत म्योसले नर्वे सरकारले नेपाल सरकारका विकास प्राथमिकताअनुसार स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले नेपालका लागि थप सहकार्यका कार्यक्रमहरू अघि बढाउने तयारी भइरहेको जानकारी पनि दिनुभएको छ।
नेपाल र नर्वेबीच स्वास्थ्य, शिक्षा तथा दिगो विकासका विभिन्न क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आएको छ।
ताजा अपडेट
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया