स्वास्थ्य मन्त्री मेहताका १०० दिन : यी हुन् प्रमुख उपलब्धिहरू
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आफ्नो कार्यभार सम्हालेको १०० दिनभित्र स्वास्थ्य क्षेत्रमा दूरगामी महत्त्व राख्ने नीतिगत सुधार, जनमुखी सेवाको विस्तार र प्रशासनिक चुस्ततामा उल्लेख्य सफलता हासिल गरेको उल्लेख गरेकी छिन् ।
मन्त्री मेहताको सचिवालयले शनिबार १०० दिने प्रमुख उपलब्धिहरूको विवरण सार्वजनिक गर्दै २०वटा बुँदामा उल्लेख गरिएको छ। जसमा सेवा प्रवाहलाई थप प्रविधिमैत्री र पारदर्शी बनाएको दाबी गरिएको छ।
१. २१७ अस्पतालमा ३ हजार २५५ निःशुल्क शैय्याको व्यवस्था।
२. २ हजार २६२ जना विपन्न तथा लक्षित वर्गलाई निःशुल्क उपचार प्रदान।
३. रगतको उपलब्धता सहजै थाहा पाउन ३१ वटा ब्लड बैंक अनलाइन प्रणालीमा।
४. बिरामीको स्वास्थ्य रिपोर्ट जुनसुकै अस्पतालबाट हेर्न मिल्ने डिजिटल प्रणाली स्वीकृत।
५. सरकारी अस्पतालहरूमा सुलभ फार्मेसी सुरु, निःशुल्क र बीमाका औषधि एकै ठाउँबाट वितरण।
६. सिंहदरबार वैद्यखानाबाट उत्पादित ३३ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्ने सम्झौता।
७. देशका १४ ठूला सरकारी अस्पतालमा जलन ९द्यगचल० उपचार युनिट स्थापना।
८. जलनका बिरामीको उपचार सुनिश्चित गर्न २० करोडको विशेष कोष स्थापना।
९. आपतकालमा बिरामी उद्धार गर्न ११ हेलिकप्टर कम्पनीसँग सहुलियत दरमा सम्झौता।
१०. लामो समयदेखि रोकिएको स्वास्थ्य बीमाको १८ अर्ब ५८ करोड रुपैयाँ अस्पतालहरूलाई भुक्तानी।
११. मानसिक स्वास्थ्य समस्या समाधानका लागि ११६६ हटलाइनमार्फत निःशुल्क मनोपरामर्श सेवा।
१२. हिमाली जिल्लाहरूमा लेक लाग्ने समस्या (हाई अल्टिच्युड) उपचारका लागि क्लिनिक स्थापना हुँदै।
१३. आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार र अस्पतालहरूलाई उपचार खर्च भुक्तानी।
१४. जनगुनासो सुन्न ‘हेलो स्वास्थ्य’ ९१११५० सुरु, प्राप्तमध्ये ७५५ भन्दा बढी गुनासो तत्काल समाधान।
१५. निजी अस्पतालका नर्स तथा स्वास्थ्यकर्मीको न्यूनतम तलब सुनिश्चित।
१६. राति काम गर्ने स्वास्थ्यकर्मी तथा डाक्टरहरूको ड्युटी भत्ता दुई गुणा वृद्धि।
१७. स्वास्थ्य सेवा छिटो र प्रभावकारी बनाउन ९७७ नयाँ दरबन्दी थप।
१८. मोबाइल भ्यानबाट १५ हजारभन्दा बढी तरकारी, फलफूल र खाद्यपदार्थको विषादी परीक्षण।
१९. सरकारले वितरण गर्ने निःशुल्क औषधि स्वदेशी उद्योग ९नेपाल औषधि लिमिटेड० बाटै किन्ने व्यवस्था।
२०. अस्पतालको सरसफाइ र स्वास्थ्यकर्मीको बानी–व्यवहार सुधारका लागि छुट्टै अधिकृत तोकेर नियमित अनुगमन सुरु।
ताजा अपडेट
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया