निःशुल्क स्वास्थ्य पोर्टलमा जोडियो रगतसम्बन्धी जानकारी
काठमाडौँ । बिरामीलाई अस्पतालमै छोडेर रगतका लागि हस्याङ फस्याङ दौडिनुपर्ने अवस्थाबाट जनताले राहत पाउने भएका छन् । स्वास्थ्य मन्त्रालयले सञ्चालन ल्याएको निःशुल्क स्वास्थ्य पोर्टलमा रक्त सञ्चार सेवासमेत जोडिएपछि व्यक्तिले एक क्लिक गर्नासाथ उपत्यकाका कुन अस्पतालमा कस्तो प्रकारको रगत कति मात्रामा उपलब्ध छ भन्ने कुरा थाहा पाउन सक्ने छन् ।
स्वास्थ्य मन्त्रालयका सूचना प्रविधि निर्देशक सूरज अर्यालका अनुसार निःशुल्क स्वास्थ्य पोर्टलमार्फत हालसम्म नेपाल रेडक्रस र ३१ अस्पतालका रक्त सञ्चार सेवा केन्द्रका सम्पर्क नम्बरसहित त्यहाँ उपलब्ध रक्त तथा अन्य रक्त तत्वबारेको अध्यावधिक सूचना प्रकाशन गरिएको छ । उक्त पोर्टलमा सबै अस्पताका रक्त सञ्चार सेवा केन्द्रले रगतबारे अद्यावधिक सूचना राख्ने र सेवाग्राही नागरिकले उक्त विवरणको आधारमा कुन अस्पतालमा कति रगत उपलब्व्ध छ भनी हेर्न सक्ने छन् । हाल काठमाडौँ उपत्यकामा सुरु गरिएको यो सेवा अब उपत्यकाबाहिर क्रमशः लैजाने उनले जानकारी दिए ।
बिरामीले रगतको उपलब्धता जानकारी पाउन सर्वप्रथम स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको वेभ साइटमा गएर निःशुल्क स्वास्थ्य पोर्टल खोल्नुपर्छ । त्यसपछि सोही साइटको ‘रक्त सूचना पोर्टल’ खोलेर आफूलाई चाहिएको रक्क्त समूह र घटक (होल ब्लड, प्लाज्मा, सेतो रक्तकोष आदि) मध्ये एक छनौट गरेपछि जिल्लासमेत छनोट गर्नुपर्छ । यसपछि उक्त साइटले खोजीकर्तालाई कूल उपलब्ध रगतको मात्रा, रक्त समूहअन्तर्गत उपलब्ध रगतको पिन्ट सङ्ख्या र घटकको जानकारी दिनेछ । त्यसपछि सम्बन्धित ठाउँबाट रगत लिन सकिनेछ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार निःशुल्क स्वास्थ्य पोर्टल कार्यान्वयनमा आइसकेकाले निःशुल्क उपचारलाई थप व्यवस्थित बनाइ लक्षित वर्गका लागि सेवा सुनिश्चित गर्न आवश्यक थप व्यवस्था गर्दै लगिने छ । साथै स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नतिसम्बन्धी मापदण्डमा भएको व्यवस्था बमोजिम १० प्रतिशत निःशुल्क शय्यामा सबै सेवा प्रदान गर्न ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ स्वीकृत भई मन्त्रालयको वेवसाइटमा राखिएको उनले बताए।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया