स्वास्थ्य मन्त्रालयले विभिन्न परिषद्को पदाधिकारी नियुक्तिका लागि दोस्रो पटक निकाल्यो सूचना
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्मा रिक्त रहेका पदाधिकारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।
मन्त्रालयले मंगलबार सूचना जारी गर्दै नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद्, नेपाल मेडिकल काउन्सिल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डमा रिक्त पदहरूका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको जनाएको छ ।
सूचनाअनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्मा अध्यक्ष १ र सदस्य २, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य २ र सदस्य–सचिव १, नेपाल नर्सिङ परिषद्मा अध्यक्ष १, उपाध्यक्ष १ र सदस्य १ तथा नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा अध्यक्ष १ र सदस्य २ जना नियुक्त गरिनेछ ।
त्यस्तै, नेपाल फार्मेसी परिषद्मा अध्यक्ष १ र रजिस्ट्रार १, नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष १ र सदस्य १, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशक १ तथा स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष १ र कार्यकारी निर्देशक १ पदका लागि आवेदन खुला गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र मन्त्रालयले उपलब्ध गराएको अनलाइन लिंकमार्फत आवेदन दिन सक्नेछन् । आवेदनसँग पेश गर्नुपर्ने आवश्यक कागजातहरूको विवरण मन्त्रालयको आधिकारिक वेबसाइटमा राखिएको जनाइएको छ ।

ताजा अपडेट
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया