देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ ।
देशभरिका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गार्हस्थ उत्पादनमा कति योगदान पुर्याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न थालिएको तथ्याङ्क कार्यालयका निर्देशक तीर्थराज बरालले जानकारी दिए । उनका अनुसार देशभरिका निजी सही सामुदायिक अस्पतालले गणकबाट सर्वेक्षण गरिनेछ । उनका आगामी वैशाखदेखि असार मसान्तसम्म तथ्याङ्क सङ्कलनको काम गर्ने जानकारी दिए ।
“अहिले कर्मचारी करारमा लिएका छनोट गर्ने कार्य भइरहेको छ । ती कर्मचारीलाई तालिम दिनेछौँ”, उनले भने, “अनि हामी ती कर्मचारीलाई तथ्याङ्क सङ्कलन गर्न अस्पतामा पठाउँछौँ ।”
उनका अनुसार सर्वेक्षणबाट अस्पतालको आर्थिक अवस्था, अस्पतालले प्रदान गर्ने रोजगारी सङ्ख्यालगायत तथ्याङ्क सङ्कलन गरिनेछ ।
कार्यालयले प्रत्येक १०/१० वर्षमा निजी स्वास्थ्य संस्थाको सर्वेक्षण गर्ने भने तापनि केही वर्ष ढिलाइ भएको उनको भनाइ छ ।
सन् २०१३ मा भएको सर्वेक्षणमा निजी स्वास्थ्य संस्थाको मुलुकको कुल गार्हस्थ उत्पदानमा एक प्रतिशतभन्दा कम योगदान रहेको कार्यालयका निर्देशक बरालले जानकारी दिए ।
त्यतिबेला एकसय वटा अस्पतालमा सर्वेक्षण गरिएको थियो । यसपटक भने देशभरि दुई हजार ५५१ अस्पतालमा सर्वेक्षण गरिने तयारी गरिएको छ ।
ताजा अपडेट
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
- जर्मन सरकारले बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था पुनर्निर्माणमा सहयोग गर्ने
- बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया