प्रादेशिक अस्पतालमा ‘डिजिटल मेडिकल रेकर्ड’ प्रणाली लागू
दमौली (तनहुँ)। सदरमुकाम दमौलीस्थित प्रदेश अस्पतालमा ‘डिजिटल मेडिकल रेकर्ड’ तथा जाँच प्रक्रिया सुरु गरिएको छ । अस्पतालले सेवासुविधा थप गर्ने क्रममा सम्पूर्ण बिरामीहरूको मेडिकल रेकर्ड र जाँच प्रक्रिया कम्प्युटर प्रविधिमार्फत सञ्चालनमा ल्याएको हो ।
नयाँ प्रणाली कार्यान्वयनको प्रारम्भिक चरणमा रहेकाले बिरामी तथा स्वास्थ्यकर्मीहरूलाई यससम्बन्धी तालिम प्रदान गर्ने कार्य निरन्तर भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमलामोहन वाग्लेले जानकारी दिए । सोही कारण सेवा प्रवाहमा केही ढिलासुस्ती तथा झन्झट हुन सक्ने उनले बताए ।
डिजिटल प्रणाली लागू भएसँगै बिरामीहरूको सम्पूर्ण मेडिकल रेकर्ड कम्प्युटर प्रणालीमा सुरक्षित रहने र आगामी दिनहरूमा कागजी प्रक्रियाबाट हुने झन्झट न्यून हुँदै जाने अपेक्षा गरिएको उनको भनाइ छ । वाग्लेले भने “यो प्रणालीले सबै बिरामीको विवरण एक क्लिकमा हेर्न सकिनेछ । यसले सेवा प्रवाहमा समेत सहजता ल्याउनेछ ।”
अस्पतालमा तनहुँ, लमजुङ, गोरखा, कास्कीबाट समेत बिरामी सेवा लिन आउने गरेका छन् । विसं २०३४ मा स्वास्थ्यचौकीका रूपमा स्थापना र विसं २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालका रूपमा स्तरोन्नति भएको थियो ।
अस्पतालमा फोहोरपानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्स–रे, निःशुल्क औषधि कक्षलगायतका सेवा विस्तार भइसकेको छ ।
साथै शव राख्नका लागि दुई तह भएका दुईवटा मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलासिस सेवा समेत प्रदान गर्दै आइरहेको अस्पतालले जनाएको छ ।
अस्पतालले आर्थिक वर्ष २०८१/८२ मा एक लाख सात हजार ९८३ जनालाई सेवा दिएको थियो । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ९८ हजार ३५६ जनाले सेवा लिएका थिए । यस्तै, आर्थिक वर्ष २०७९/८० मा अस्पतालले ७३ हजार २५३ लाई सेवा दिएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ६४ हजार ५९४ लाई सेवा दिएको थियो ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया