तातो हावाको खतरा बढ्दै, सावधानी अपनाउन महाशाखाको आग्रह
काठमाडौं । देशभर तापक्रम उच्च भइरहेका बेला तातो हावाको लहर (हिट वेभ) को सम्भावना तीव्र रूपमा बढेको छ। मौसमविद्हरू र चिकित्सकहरूले यसलाई सामान्य गर्मी भन्दा निकै खतरनाक बताउँदै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा तापक्रम ४० डिग्री सेल्सियस नजिक पुगेको छ ।
तातो हावाको असर केवल असहज तापमा सीमित हुँदैन । यसले स्वास्थ्यमा प्रत्यक्ष प्रहार गर्न सक्छ। शुरुवातमा छाला चिलाउने, साना बिमिरा आउने, घाउ इन्फेक्सन भएर खटिरा बन्ने, र तिब्र असर हुँदा बेहोस हुने, रक्तचाप घट्ने, वान्ता हुने, फोक्सोमा असर पुगेर ज्यानै जाने खतरा हुन्छ।
विशेषज्ञहरूले यस्तो अवस्थामा विशेष गरी वृद्धवृद्धा, बालबालिका र बिरामीहरू उच्च जोखिममा रहने बताउँछन् । तातो हावाले निर्जलीकरण (डिहाइड्रेसन) गराउँछ जसले टाउको दुख्ने, हातखुट्टा बाउँडिने, चक्कर लाग्ने जस्ता लक्षण देखिन्छन्।
सावधानीका उपायहरू
- दिनको सबैभन्दा तातो समयमा (११ बजे देखि ३ बजेसम्म) घरबाहिर ननिस्कनुहोस्।
- प्रशस्त पानी पिउनुहोस्— तिर्खा नलाग्दा पनि।
- हल्का, छायाँयुक्त र हावादार कपडा लगाउनुहोस्।
- शीतल स्थानमा बस्नुहोस्, आवश्यक परे पंखा वा एयर कन्डिसनरको प्रयोग गर्नुहोस्।
- घाममा धेरै समय काम गर्नुपर्ने भए चप्पल वा जुत्ता लगाउनुहोस्, टाउको ढाक्ने टोपी वा छाता प्रयोग गर्नुहोस्।
- बिरामी परे वा लक्षण देखा परे तुरुन्त चिसो स्थानमा लैजानुहोस्, जीवनजल खुवाउनुहोस् र चिकित्सकको सल्लाह लिनुहोस्।
- तातो हावाको लहर नयाँ होइन, तर हाम्रो सतर्कता र सजगताले यसका प्रभावहरू घटाउन सक्छ ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया