‘वाग्मती प्रदेश पूर्ण खोप प्रदेश घोषित’
डिजिटल हेल्थ सेवा शुभारम्भ
भक्तपुर। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा वाग्मती प्रदेशलाई पूर्ण खोप दिइएको प्रदेशका रुपमा घोषणा गरिएको छ ।
आज भक्तपुरमा वाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले १३ जिल्ला र ११९ पालिकाका बालबालिकालाई १५ महिनाको उमेरभित्र पूर्ण खोप दिएको सुनिश्चित भएसँगै उक्त घोषणागरेका हुन् ।
सङ्घीय सरकारअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा वाग्मती प्रदेशलाई यस किसिमको सफलता प्राप्त भएको हो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप समितिको प्रमाणपत्र प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालाई हस्तान्तरण गरे । सोही अवसरमा प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको ‘डिजिटल हेल्थ’ कार्यक्रमको पनि उद्घाटन गरे ।

“रोग लाग्न सक्छ तर हामीले रोगका कारण र बाटाहरुलाई बन्द गर्ने प्रयास गर्नुपर्छ । त्यसको एउटा उपाय खोप हो । यो अभियान सफल हुँदै गएकामा म खुसी व्यक्त गर्दछु”, प्रधानमन्त्री ओलीले भने, “हाम्रो संविधानले स्वास्थ्य सेवालाई मौलिक हकमा समावेश गरेको छ । उक्त हक प्राप्तिको दिशामा खोप अभियान सार्थक भएको छ । २०८३ सालमा हामी विकासशील मुलुकमा स्तरोन्नति हुँदैछौँ । त्यसका लागि पनि यो अभियान महत्वपूर्ण साबित भएको छ । यस्ता अभियान सञ्चालनमा हामीले अब अरू प्रदेशलाई पनि प्रेरित गर्नुपर्दछ ।”
प्रधानमन्त्री ओलीले खोप अभियानका क्रममा उत्कृष्ट कर्मचारी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरे । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्य क्षेत्रको निरन्तर खटाइबाट पूर्ण खोप अभियान सफल भएको बताए ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया