महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप विस्तार
कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गरेको छ ।
रिर्फर सेन्टरका रुपमा परिचित महाकाली अस्पतालले पछिल्लो समय २३ जना विशेषज्ञ चिकित्सकसहितको सेवा दिन थालेको हो । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन अर्जुन भट्टले छात्रवृत्ति करारका विशेषज्ञ चिकित्सक थपिएको जानकारी दिए ।
उनका अनुसार मेडिसिन विभाग, हाडजोर्नी विभाग, सर्जरी विभाग, स्त्री तथा प्रसूति रोग विभाग, रेडियोलोजी, एनेस्थेसियोलोजी र मानसिक रोग विशेषज्ञ सेवा थपिएको हो । “विशेषज्ञ सेवा थपिएपछि यहाँका सेवाग्राहीलाई उपचारमा सजिलो हुन्छ”, भट्टले भने, “एउटै विभागमा दुई÷तीन जना विशेषज्ञ हुँदा एक जना बिदामा बस्दा पनि समस्या हुँदैन ।” यसअघि एउटा विभागमा एक जनामात्रै विशेषज्ञ चिकित्सक हुँदा बिदामा जाँदा उक्त सेवा बन्द हुने गरेको थियो ।
“अस्पतालमा पहिलो पटक यतिधेरै विशेषज्ञ चिकित्सक आएका हुन्”, उनले भने, “विशेषज्ञ सेवा थपिएपछि अहिले दैनिक ४०० देखि ५०० सेवाग्राहीले दैनिक सेवा लिने गरेका छन् ।” अस्पतालमा २८ जना विशेषज्ञ चिकित्सककोे दरबन्दी रहेको भए पनि अहिले एक जनामात्रै दरबन्दीमा कार्यरत छन् । अन्य विशेषज्ञ चिकित्सक छात्रवृत्ति करार र अस्पताल व्यवस्थापन समितिबाट करारमा सेवा दिँदै आएका छन् ।
विगतको तुलनामा अस्पतालले विशेषज्ञसहितको सेवामा सुधार गर्दै गएको अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए । “अहिले एउटै विभागमा दुई÷तीन जना विशेषज्ञ चिकित्सकले सेवा दिइरहनुभएको छ यसले सेवाग्राहीलाई सजिलो भएको छ”, उनले भने, “अहिले विशेषज्ञ चिकित्सक सेवा थपिँदै गएको सरकारले त्यहीअनुसारको भौतिक पूर्वाधार र स्वास्थ्य उपकरणमा ध्यान दिनुपर्छ ।”
उनले सरकारले दरबन्दीअनुसार लोकसेवाबाट पदपूर्ति गर्न नसक्दा अहिले करारमा मात्रै चिकित्सक काम गरिरहेको बताए । “विगतको तुलनामा यहाँबाट सेवा लिने बिरामीको सङ्ख्या बढेको छ”, उनले भने, “अहिलेको मुख्य आवश्यकता भनेको सिटिस्क्यान हो, यो उपलब्ध भयो भने कुनै पनि बिरामीले यहाँबाट अन्यत्र रिफर हुनुपर्दैन ।”

वि.सं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको अस्पताल २०३१ सालमा २५ श्ययाको जिल्ला अस्पतालमा परिणत भएको थियो । जिल्ला अस्पतालबाट स्तरोन्नति हुँदै २०४३ सालमा ५० श्ययाको अञ्चल अस्पताल ९रेफरल सेन्टर० भयो । मुलुकमा सङ्घीयतापछि प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भएपछि भने अस्पतालले विशेषज्ञ सेवा दिन थालेको हो ।
अस्पतालमा स्वीकृत स्थायी दरबन्दीअनुसार ११ तहका विशेषज्ञ चिकित्सक चार जना र नवौँ र १० तहका विशेषज्ञ चिकित्सक १६ जनाको दरबन्दी छ । अहिले अस्पतालमा मेडिसिन विभागमा चार जना, हाडजोर्नी विशेषज्ञ तीन जना, स्त्रीरोग विशेषज्ञ तीन जना, बालरोग विशेषज्ञ दुई जना, नाक, कान घाँटी विशेषज्ञ दुई जना, एनेस्थेसियोलोजिस्ट दुई जना, सर्जरी विशेषज्ञ तीन जना र रेडियोलोजिस्ट दुई जना कार्यरत छन् ।
त्यसैगरी, एक जना मानसिक रोग विषेशज्ञ कार्यरत छन् । अस्पतालमा, जनरल फिजिसियन, प्याथोलोजिस्ट, डर्माटोलोजिस्ट विशेषज्ञ चिकित्सको दरबन्दी भए पनि हालसम्म दरबन्दीअनुसारका चिकित्सकहरु उपलब्ध हुन सकेका छैनन् ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया