जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न खोटाङमा तीन करोड बजेट
खोटाङ । कोशी प्रदेश सरकारले खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापनाका लागि रु तीन करोड बजेट विनियोजन गरेको छ । कोशी प्रदेश सरकार, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्नुहुँदै जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्नका लागि रू तीन करोड बजेट विनियोजन गरिएको बताए ।
खोटाङमा जडिबुटी जन्यवस्तु प्रशस्त रहेकाले स्थानीय स्रोत तथा साधनको सदुपयोग गर्दै जिल्लामै रोजगारी सिर्जना गर्ने उद्देश्यले निजी क्षेत्रको साझेदारीमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्नका लागि बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले बताए । कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गतको यो जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्ने कार्यक्रमलाई कोशी प्रदेश सरकारले प्राथमिकताका साथ अगाडि सारेको उनको भनाइ छ ।
प्रदेश सरकारको लगानीमा जिल्लामै पहिलो पटक जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्नका लागि बजेट विनियोजन भएपछि जडीबुटी व्यवसायी तथा कृषकहरू उत्साहित भएका छन् । जिल्लामा प्रशोधन केन्द्र नहुँदा चर्को शुल्क तिरेर बहुमूल्य जडीबुटीहरू अन्यत्र निर्यात गर्दै आएका व्यवसायीहरू जिल्लामै प्रशोधन स्थापना हुने भएपछि उत्साहित बनेका हुन् ।
जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र सञ्चालनको प्रचुर सम्भावना रहेको खोटाङमा प्रदेश सरकारले लगानी गर्ने कार्यक्रम प्रभावकारी हुने जिल्ला वन उपभोक्ता महासङ्घ खोटाङका अध्यक्ष मोहन गुरूङले जानकारी दिए । “खोटाङमा २५० भन्दा बढी प्रजातिका जडीबुटी पाइन्छ । प्रशोधन केन्द्र नहुँदा बिना उपलब्धि खेर गइरहेका छन्”, उनले भने, “प्रदेश सरकारको लगानीमा स्थापना हुने जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र कुनै व्यक्तिले लाभ लिने गरी स्थापना गर्नुहुँदैन । बृहत् अध्ययन तथा अनुसन्धान गरेर स्थापना गरिएको खण्डमा जिल्लाको आर्थिक उपार्जनको स्रोत बन्नेछ ।”
दश स्थानीय तह रहेको खोटाङका सामुदायिक वनमा चिराइतो, पाखनभेद, बुढोओखती, सतुवा, दतिवन, बेल, खस्रेटो आदि जडीबुटी पाउने गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा केही स्थानीय तहका कृषकले आफ्नै लगानीमा व्यावसायिक जडीबुटी खेतीसमेत सञ्चालन गरेका छन् ।
पूर्वी नेपालका १४ जिल्ला समेटिएको कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि आइतबार रू ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कुन जिल्ला तथा योजनाका लागि कति बजेट पर्यो भन्ने अहिलेसम्म खुलाइएको छैन ।
कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री राई तथा सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ खोटाङकै रहनुभएकाले यस वर्षको बजेटमा खोटाङका लागि अधिकतम योजना पर्नेमा आशावादी छन् ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया