धनगढीस्थित निसर्ग अस्पतालमा जन्मजात ओठ तथा तालु फाटेको समस्याको नि: शुल्क शल्यक्रिया गरीदै
धनगढी । कैलालीको धनगढीस्थित निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टरले स्माइल ट्रेनको सहयोगमा जन्मजात ओठ र तालु चिरिएको समस्या भएका बालबालिकाको निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ।
स्माइल ट्रेन नामक अमेरिकी गैर-नाफामूलक संस्थाको सहयोगमा प्रदान गरिने सेवाईअन्तर्गत निसर्ग अस्पताललाई चयन गरेर सेवा दिन सुरु गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ ।
स्माइल ट्रेनको टोलीले अस्पतालको शल्यकक्ष, आईसीयू, पिकीयु लगायत सम्पूर्ण पूर्वाधारको निरीक्षण गरी स्वीकृति दिएको निसर्ग अस्पतालका अध्यक्ष तीर्थराज पन्तले जानकारी दिए।

अस्पतालले स्ट्याण्डर्ड सर्जरी सेफ्टी एण्ड क्वालिटी प्रोटोकल अनुरूप सेवा दिने अस्पतालका सर्जन डाक्टर दीपक ठकुराठीले दाबी गरे।
यस कार्यक्रममा विशेषज्ञहरूमा डा. दीपक ठकुराठी क्लेफ्ट सर्जन, डा. हेमन्त ओझा र डा. सुनिल भट्ट क्लेफ्ट एन्थेसिया छन्। यस्तै, बालरोग विशेषज्ञ डा.प्रदीप मिश्र र डा. दीपक पौडेलसहित डेन्टल, स्पिच, पोषण , नर्सिङ, साइकोलोजीमा महत्वपूर्ण भूमिका खेलेको अस्पतालको भनाइ छ।
शल्यक्रिया सम्बन्धी सम्पूर्ण प्रक्रिया—जाँच, भर्ना, अपरेसन र औषधि—निःशुल्क हुने पत्रकार सम्मेलन मार्फत अध्यक्ष पन्तले जानकारी दिए। यस्तै उपचाररत बिरामी र एकजना कुरुवाको लागि निःशुल्कको बस्ने व्यवस्थासँगै आवतजावतको यातायात सुविधा समेत उपलब्ध रहेको बताए।
निसर्ग अस्पतालले राजधानी जानु पर्ने बाध्यतालाई अन्त्य गर्दै सुदूरपश्चिम लगायत मध्यपश्चिमका नागरिकले निसर्ग अस्पताल धनगढीमा नै गुणस्तरीय सेवा प्रदान गर्ने दाबी गरीएको छ । जेठ २० गतेदेखि सुरु गरेको उक्त निशुल्क शल्यक्रिया सेवामा २ जना बिरामीले सेवा लिएका छन् ।

ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया