दुई सय श्ययाको सामुदायिक अस्पताल सञ्चालनमा

मोरङ । जीवन विकास सामुदायिक अस्पताल एवं प्राविधिक शिक्षा प्रतिष्ठान सञ्चालनमा ल्याइएको छ । यहाँको कटहरी गाउँपालिका–२ स्थित हल्दिबारीमा २० बिघा जमिनमा रु दुई अर्ब लागतमा २०० श्ययाको सो अस्पताल सञ्चालनमा ल्याइएको हो ।
जीवन विकास समाजद्वारा आज अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा सर्वसाधारणलाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा प्रवाह गर्न अस्पताल सञ्चालनमा ल्याएको जीवन विकास अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनका अध्यक्ष योगेन्द्र मण्डलले जानकारी दिए ।
अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सक टोलीले सेवा प्रवाह गर्ने अध्यक्ष मण्डलले बताए । अस्पताल निर्माणका लागि रु एक अर्ब ३० करोड जीवन समाजको र रु ७० करोड बैंकबाट ऋण लिएर लगानी गरिएको छ ।
कोशी प्रदेशको तराईका दक्षिण क्षेत्रका रहेका विपन्न वर्ग जनतालाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पु(याउने उद्देश्य राखी फाउण्डेशनको स्थापना गरिएको सङ्घीय सांसदसमेत रहनुभएका मण्डलले बताए ।
अस्पतालले सेवा प्रवाहका लागि विशेषज्ञ चिकित्सकसहित २०० जनशक्ति रहेको जनाएको छ । आगामी केही वर्षमा चिकित्सा शिक्षाको अध्ययन सञ्चालनमा ल्याउने गरी सेवाहरु थप विस्तार गर्दै लैजाने तयारी गरिएको छ ।
ताजा अपडेट
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- स्वास्थ्यमन्त्री पौडेलको एक वर्षः स्वास्थ्यमा सकारात्मक सुधारको सुरुआत
- स्वास्थ्य बिमा : ३ सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
- काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम
- आयुर्वेद चिकित्साः फाइदा धेरै प्रचार थोरै
- चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण
- स्वास्थ्य मन्त्री पौडेलको एक वर्ष : दातृ निकायको सहयोग कटौतीले चुनौती
- ‘साउन डेङ्गी सचेतना’ महिना घोषणा
धेरैले पढेको
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
- गेटा अस्पतालले माग्यो ७ बिशेषज्ञ चिकित्सक सहित १३ चिकित्सक
- सुदूरपश्चिम प्रदेशमा स्थानिय सेवा ऐन कार्यान्वयनमा प्रजातान्त्रिक जनस्वास्थ्य संघको गम्भिर ध्यानाकर्षण
- डडेल्धुराको जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने मन्त्रीपरीषदको निर्णय
- सुदूरपश्चिम प्रदेशमा मानसिक स्वास्थ्य रणनीतिक कार्ययोजनाको मस्यौदा तयार
तपाईको प्रतिक्रिया