अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदमः स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
काठमाडौँ। नेपालबाट अन्धोपन निवारण गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल नेत्रज्योति सङ्घबीच समझदारी गरिएको छ । शुक्रबार मन्त्रालयमा उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलको उपस्थितीमा भएको उक्त समझदारी पत्रमा मन्त्रालयका तर्फबाट स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल र नेत्रज्योति संघको तर्फबाट महासचिव भरतबहादुर चन्दले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार मन्त्रालयले नेत्रज्योति सङ्घबाट कार्यक्रम सञ्चालन भइरहेका जिल्लाहरूमा आँखा उपचार सेवा कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकार तथा स्थानीय सरकारलाई आवश्यक समन्वय तथा सहजीकरण गर्नेछ भने नेत्रज्योति संघले नेपालमा आँखा स्वास्थ्य सेवाको पहुँच नपुगेका स्थानहरूमा आँखा उपचार सेवा विस्तार गरी लक्षित समूहलाई थप सहुलियतपूर्ण उपचार सेवा प्रदान गर्नेछ ।
त्यसैगरी मन्त्रालयले नेपालको आँखा उपचार क्षेत्रलाई स्वास्थ्य पर्यटन गन्तव्यका रूपमा विकास गर्न आवश्यक सहजीकरण गर्ने, नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेका आँखा स्वास्थ्य सम्बन्धि जनशक्तिहरूलाई आवश्यकता अनुसार नेत्रज्योति सङ्घअन्तर्गतका अस्पतालमा खटाउन सक्ने र प्रचलित नियम कानुन अनुसार तथा जनसंख्या मन्त्रालयबाट भन्सार छुट लगायतका विषयमा सहजीकरण गरिने छ ।
त्यस्तै नेत्रज्योति सङ्घले सङ्घद्वारा सञ्चालित आँखा अस्पतालहरूलाई आँखा उपचार, अनुसन्धान र शैक्षिक केन्द्रको रूपमा विस्तार गरी स्वास्थ्य जनशक्तिसम्बन्धी राष्ट्रिय रणनीति २०७७–२०८७ ले प्रक्षेपित आँखा स्वास्थ्य सम्बन्धी जनशक्तिको उत्पादन गरी नेपालमा आँखा स्वास्थ्य सेवामा पहुँच अभिवृद्वि गर्ने कार्यमा सहयोग गर्नेछ ।
नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा.शैलेश कुमार मिश्रका अनुसार नेपाल सरकारको राष्ट्रिय स्वास्थ्य नीति, २०७६, राष्ट्रिय स्वास्थ्य क्षेत्र रणनैतिक कार्ययोजना २०७९–२०८७ तथा आँखा स्वास्थ्य रणनीति २०७९ बमोजिम नेत्रज्योति सङ्घले मन्त्रालयको सहयोग र सहकार्यमा आँखा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ ।
“नेपाल सरकारकै सहयोग र निर्देशनमा गैर सरकारी संस्थाद्धारा नेपालमा संचालित आँखा उपचार सेवाले अहिले विश्वमै नाम कमाएको छ, यो समझदारीले नेपालको अन्धोपन निवारणमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिएका छौँ”, संघका महासचिव भरतबहादुर चन्दले भने ।
नेपाल सरकार र गैरसरकारी संस्थाबीचको सहकार्यले नेपालको आँखा स्वास्थ्य क्षेत्रले विश्वमा नै सुप्रसिद्धि कमाएको भन्दै मन्त्री पौडेलले यो समझदारीले सबै नेपाली जनताहरुलाई शुलभ रुपमा गुणस्तरिय आँखा उपचार सेवा पुर्याउने विश्वास समेत व्यक्त गरे ।
ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया