बैतडीको दशरथचन्द नगरपालिकाका विद्यालयमा आयुर्वेद शिक्षा

बैतडी। बैतडीको दशरथचन्द नगरपालिकाले आफ्नो कार्यक्षेत्रका पाँचवटा माध्यमिक विद्यालयमा आयुर्वेद शिक्षाको पठनपाठन प्रारम्भ गरेको छ ।
मणिलेक मावि गुरुखोला, निङ्गलाशैनी मावि देहीमाण्डौँ, वीरेन्द्र मावि शाहीलेक, कुलौन मावि खतेडी र केदार नागार्जुन मावि बग्लेखानमा आयुर्वेद पढाउन थालिएको हो ।
यो वर्ष आयुर्वेद पढाउन पाँचवटा विद्यालय छनोट गरिएका र ती विद्यालयका विद्यार्थीलाई आयुर्वेदको महत्वका बारेमा जानकारी दिने गरिएको नगरपालिकाको आयुर्वेद शाखाका प्रमुख नरेन्द्र कलौनीले बताए। उनले भने, “कार्यक्रम सञ्चालन भएका विद्यालयका विद्यार्थीलाई जडीबुटी र तिनीहरुको प्रयोगका बारेमा जानकारी दिने गरिन्छ । स्थानीयस्तरमा पाइने जडीबुटीको संरक्षणबारे पनि बालबालिकालाई प्रशिक्षण दिने गरिएको छ ।”
यसअघि पाँचवटै विद्यालय आयुर्वेद तथा योगका शिक्षकलाई तालिम दिइएको थियो । उनीहरूबाट ती विद्यालयमा आयुर्वेद र योगका नियमित कक्षा सञ्चालन हुँदै आएका छन् । विद्यालयमा आयुर्वेद तथा योग शिक्षाअन्तर्गत बालबालिकालाई विभिन्न योगासनका बारेमा समेत जानकारी गराउने गरिएको छ । यसले स्वस्थ जीवनशैली अपनाउन सहज हुने अपेक्षा गरिएको छ ।
योग गर्नाले विभिन्न रोगबाट मुक्ति पाइने भएकाले विद्यार्थीलाई आयुर्वेद कार्यक्रममार्फत जानकारी दिने गरिएको आयुर्वेद औषधालय मुस्याचौरका प्रमुख राजेन्द्रकान्त दयालले बताए । विद्यार्थीलाई योग शिक्षाको महत्वका विषयमा जानकारी गराइएको छ । उनले भने, “योग र आयुर्वेद शिक्षा अन्य विद्यालयमा विस्तार गर्नसके योगका बारेमा प्रचारप्रसार हुनेछ । ”
आयुर्वेदिक औषधि, योग र यसले जीवनमा पार्ने सकारात्मक प्रभावका बारेमा ज्ञान दिन विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले बताए।
ताजा अपडेट
- धनगढीस्थित निसर्ग अस्पतालमा जन्मजात ओठ तथा तालु फाटेको समस्याको नि: शुल्क शल्यक्रिया गरीदै
- बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला
- विषादीयुक्त फलफूल तथा तरकारीको गुणस्तर परीक्षणमा कडाइ गरौँ : राष्ट्रियसभा सांसद
- बुबा सन्तरामले सपना देखे, छोरी डा स्मृतिले पूरा गरिन् !
- प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान
- आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै
- गौरीफन्टा नाकामा भारतबाट फर्केका तीन जनामा कोभिड पुष्टि
- गेटा र भरतपुर अस्पतालमा एमबीबीएस पढाई सुरु गर्न ५ करोड विनियोजन
धेरैले पढेको
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
- गेटा अस्पतालले माग्यो ७ बिशेषज्ञ चिकित्सक सहित १३ चिकित्सक
- डडेल्धुराको जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने मन्त्रीपरीषदको निर्णय
- सुदूरपश्चिम प्रदेशका अस्पतालहरू व्यवस्थापन समिति विहीन
- विद्यालयमा कस्तो स्वास्थ्य शिक्षा आवश्यक ?
- आउँदो मनसुन अनि सम्भावित महामारीको जोखिम
- स्वस्थ्य जिवनशैली, सूक्ष्म व्यायाम : जहाँ पनि, जहिले पनि
तपाईको प्रतिक्रिया