उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित
काठमाडौँ। समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पु¥याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।
अन्तरराष्ट्रिय नर्सिङ दिवस–२०२५ का अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाद्वारा आयोजित कार्यक्रममा यसरी सम्मानित हुनुहुनेमा चन्द्रागिरि नगरपालिका–१५ मा सेवारत सामुदायिक स्वास्थ्य नर्स पार्वती पङ्गेनी पौडेल, बर्दिवास नगरपालिका–१४ मा सेवारत सामुदायिक नर्स अनिसा थापा, वालिङ नगरपालिका–१ मा सेवारत सामुदायिक स्वास्थ्य नर्स सृष्टि मल्ल छन् ।
यसैगरी तिलोत्तमा नगरपालिकास्थित गौतमबुद्ध उच्च माविमा सेवारत नर्स मुना ज्ञवाली, गोरखा नगरपालिकास्थित गोरखा माविमा सेवारत नर्स ममता लामिछाने, रोशी गाउँपालिकास्थित रोशी माविका सेवारत नर्स विमला हायु र काठमाडौँ महानगरपालिका रत्नराज्य उच्च माध्यमिक विद्यालयमा सेवारत विद्यालय नर्स सविता रेग्मी छन् ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टङ्क बाराकोटी, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख हीराकुमारी निरौलाले उनीहरुलाई दोसल्ला ओढाइ सम्मान गर्दै समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा विद्यालय तथा सामुदायिक नर्सको भूमिकाले सकारात्मक नतिजा ल्याएको बताए ।
चन्द्रागिरि नगरपालिका, जनस्वास्थ्य शाखामा कार्यरत वरिष्ठ नर्सिङ अधिकृत विष्णुमाया रिजालले चन्द्रागिरि नगरपालिकाभित्र १५ जना विद्यालय तथा सामुदायिक नर्स कार्यरत रहेको जानकारी दिए । उनले भने, “ चन्द्रागिरि नगरपालिकाका विद्यालय तथा सामुदायिक नर्सले स्वास्थ्य प्रवद्र्धनमा उल्लेखनीय काम गरेका छन् । यसमा नगरपालिका सम्मानित हुनु गौरवको कुरा हो । ”
ताजा अपडेट
- नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा थापा
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया