पर्वतको फलेबासमा ‘आमा-बा स्वास्थ्य कार्यक्रम’ सुरु
पर्वत। पर्वतको फलेवास नगरपालिकामा आमा-बा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, वृद्धवृद्धाको नियमित स्वास्थ्य परीक्षण गर्ने, विभिन्न रोगको सङ्क्रमणबाट बचाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
वृद्धवृद्धाहरूको रक्तचाप, मधुमेह, मुटु, मृगौला रोगको परीक्षण, रगत, दिसा, पिसाव, खकारलगायत जाँच, पोषण अवस्थाको लेखाजोखा, अन्य रोगको उपचार, परामर्श तथा सल्लाह दिनुका साथै गम्भीर स्वास्थ्य अवस्था देखिएकालाई उपचारका लागि अस्पताल पठाउन यो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
गत शुक्रबारदेखि वडा नं १ कार्कीनेटबाट सुरुआत भएको कार्यक्रम ११ वटै वडामा सञ्चालन हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रुद्र सापकोटाले जानकारी दिए । चिकित्सकसहित स्वास्थ्यकर्मी नगरका सबै घरमा पुग्ने भएका छन् । उनका अनुसार वृद्धवृद्धाको नियमित स्वास्थ्य परीक्षण, दीर्घकालीन रोगीले उपचार तथा निदानका विकल्पसम्बन्धी परामर्श दिँदै औषधिको मात्रा, उपभोग्य मिति, उपभोग गर्ने समयलगायत जानकारी गराइने छ ।
“पछिल्लो समय गाउँमा युवापुस्ता शून्यप्रायः छन् । गाउँमा वृद्धवृद्धाहरू मात्र रहेको अवस्थामा उहाँहरूलाई सामान्यदेखि जटिल रोग लागेमा पनि अस्पतालसम्म पुगेर उपचार सेवा लिन सक्नुहुँदैन । जसका कारण लामो समयदेखि विभिन्न रोगले सङ्क्रमित भएर बसिरहनुपर्ने अवस्थाको अन्त्यका लागि चालु आर्थिक वर्षदेखि आमा–बा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको हो”, सापकोटाले भने ।
उनका अनुसार कार्किनेटाबाट सुरु भएको अभियान थापाठाना, शङ्करपोखरी, मुडिकुवा, खानीगाउँ, देविस्थान, लिमिठाना, ठानामौला, भँगरा, कुर्घा र पाङ्राङमा पुगेर टुङ्गिने भएको छ ।
हरेक छ÷छ महिनामा नियमित स्वास्थ्य परीक्षणका लागि यो अभियान थालिने नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिए । उनका अनुसार ज्येष्ठ नागरिकसँगै ३० वर्षभन्दा माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण गरिनेछ ।
उपचारका क्रममा निःशुल्क औषधिसमेत वितरण गरिनुका साथै जटिल रोग लागेका बिरामीलाई नगरपालिकाकै एम्बुलेन्समार्फत अस्पतालसम्म पु¥याउने व्यवस्थासमेत गरिने नगप्रमुख तिवारीले बताए ।
आर्थिक अभावका साथै अस्पतालसम्म लैजान आफन्तको अभावमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका वा अन्य असहाय नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने नगरपालिकाको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ । यो कार्यक्रममार्फत नगरका १० हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।
“नगरपालिका भए पनि अधिकांश ग्रामीण बस्ती रहेको फलेबासमा गुणस्तरीय स्वास्थ्य सेवाको अभाव भएकाले नियमित परीक्षणको दायरामा सबैलाई ल्याउन अभियान सञ्चालन गरेका हौँ”, नगरप्रमुख तिवारीले भने ।
नगरका अधिकांश वडामा रहेका स्वास्थ्य चौकीमा अहेबका भरमा सञ्चालित छन् । सरकारले निःशुल्क ९८ प्रकारका औषधि वितरण गर्ने भनिए पनि ४० प्रकारका औषधिमात्र स्वास्थ्य संस्थामार्फत वितरण हुने गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया