Techie IT
  • आईतबार, जेठ २५, २०८२ / Sunday, June 8, 2025
गृहपृष्ठऔषधि तथा उपकरणनेपाल आइपुग्यो हेमोफिलियाको औषधी

नेपाल आइपुग्यो हेमोफिलियाको औषधी


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले घोषणा गरेको रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई वितरण गर्ने निःशुल्क औषधी नेपाल आएको छ ।

हेमोफिलिया रोग भएका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र विश्व हेमोफिलिया महासङ्घबिच गत फागुन ४ गते सम्झौता भएको थियो ।

स्वास्थ्य मन्त्रालय, व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजङ्ग रायमाझीले सम्झौता अनुसारको औषधी स्वास्थ्य सेवा विभागमा आइपुगेको र अब वितरण प्रक्रिया सुरु हुने जानकारी दिए । उनले पाँच प्रकारका औषधी आएको जानकारी दिँदै आवश्यकता अनुसार वितरण सूची तयार गरी अस्पतालमा पठाइने बताए ।

सात वटै प्रदेशका अन्य थप १० प्रादेशिक अस्पतालमा औषधी पुग्ने व्यवस्था मन्त्रालयले मिलाएको छ । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब पाँच हजार बिरामी रहेको अनुमान गरेको छ । २०७८ को जनगणनामा २।२ प्रतिशतमा अपाङ्गता देखिएकामध्ये ०।८ मा हेमोफिलिया भएको हुन सक्ने अनुमान गरिएको छ ।

 



तपाईको प्रतिक्रिया

error: Content is protected !!