‘प्रयोगशाला परीक्षणमा नेपाललाई आत्भनिर्भर बनाउन स्वास्थ्य मन्त्रालय प्रतिबद्ध’
काठमाडौँ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रामक रोग तथा महामारीका बेला सुरक्षित नमूना परीक्षण गर्ने उद्देश्यले उच्च प्रविधियुक्त ल्याव एकाइ स्थापना गरिएको छ ।
प्रयोगशालाको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रयोगशालालाई पछिल्ला दिनमा सबलीकरण गर्न मन्त्रालयले प्राथमिकतासाथ काम गरिरहेको बताए ।उनले भने, “प्रयोगशाला परीक्षणमा नेपाललाई आत्भनिर्भर बनाउनका लागि मन्त्रालय प्रतिबद्ध छ । यस प्रयोगशालालाई पूर्ण क्षमताको केन्द्रीय प्रयोगशालाका रुपमा विकास गर्नु आवश्यक छ ।”
मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका सहयोगी दाताहरुलाई प्रयोगशाला व्यवस्थित बनाउनका लागि सहकार्यका लागि समेत आग्रह गरे । नेपालमा पहिलो पटक निर्मित ल्याव करिब रु चार करोड लागतमा निर्माण सम्पन्न भएको प्रयोगशालाका निर्देशक डा रञ्जन भट्टले बताए ।
ल्याव उद्घाटनकै अवसरमा नेपालमा प्राथमिकताप्राप्त ५२ वटा रोगको परीक्षणका लागि आवश्यक उपकरण विश्व स्वास्थ्य सङ्गठनले मन्त्रालयलाई हस्तान्तरण गरेको छ । अब यी किटहरु प्रदेश तथा जिल्ला तहका अस्पतालसम्म पु¥याइने र यसले परीक्षण सहज हुने विश्वास गरिएको भट्टले बताए ।
मन्त्री पौडेलले आधारभूत तहसम्म अनिवार्य परीक्षण हुनुपर्ने सूचीसहितको पुस्तिकाको अनावरण पनि गरे । अब हरेक आधारभूतदेखि विशिष्ट अस्पतालमा मन्त्रालयले तोकेको परीक्षण गर्नैपर्ने व्यवस्था मिलाउने तयारी मन्त्रालयले गरिरहेको छ ।
ताजा अपडेट
- नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा थापा
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया