कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
कैलाली । जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी तथा मृत्यु हुने क्रम बढेपछि कैलालीका तीन स्थानीय तहमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको समन्वयमा सञ्चालन हुने अभियानअन्तर्गत धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिकाका गरी १ लाख ८२ हजार ३ सय १३ जनालाई जेईविरुद्धको खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।
स्वास्थ्य कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी १ लाख २ हजार ३ सय १३, लम्कीचुहा नगरपालिकामा ४० हजार ७ सय ५५ र घोडाघोडी नगरपालिकामा ३९ हजार ६ सय ९५ जनालाई खोप लगाइने लक्ष्य राखिएको छ। स्वास्थ्य कार्यालयका अनुसार सन् २०२६ मा कैलालीका यी तीन स्थानीय तहमा हालसम्म ८ जनामा जापानिज इन्सेफ्लाइटिस संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ। संक्रमणको जोखिम बढ्दै गएपछि जोखिमयुक्त क्षेत्रमा लक्षित गरी खोप अभियान सञ्चालन गर्न लागिएको हो।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका अनुसार जेई संक्रमणको जोखिमलाई ध्यानमा राख्दै पहिलो चरणमा कैलालीका यी तीन स्थानीय तहमा अभियान सञ्चालन गर्न लागिएको हो। पहिलो चरणको अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्तिलाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाइने जनाइएको छ। कैलालीसँगै झापामा पनि जेईविरुद्धको खोप अभियान असोज ५ गतेदेखि सञ्चालन हुने बताइएको छ।
जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो। समयमै खोप लगाउने, लामखुट्टेको टोकाइबाट बच्ने तथा संक्रमणको जोखिम भएका क्षेत्रमा आवश्यक सावधानी अपनाउन स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन्।
ताजा अपडेट
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
- जर्मन सरकारले बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था पुनर्निर्माणमा सहयोग गर्ने
- बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया