भोटेकोशी बाढी पिडितलाई धनगढीको केजी अस्पतालद्धारा १२ लाख भन्दा बढी सहयोग
धनगढी । धनगढीमा रहेको केजी अस्पतालले आफ्नो एक साताको सम्पूर्ण आम्दानी भोटेकोशी नदीमा आएको बाढीबाट पीडितको राहत र पुन:स्थापनाका लागि सहयोग गरेको छ । अस्पतालले बाढीपीडितको सहयोगार्थ १२ लाख रुपैया दुई हजार ७७४ रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री दैवी उद्दार कोषमा जम्मा गरेको हो ।
बाढी प्रभावित क्षेत्रमा तत्काल उद्दार, राहत, खाद्यान्न वितरण, आपतकालीन चिकित्सा सेवा र दीर्घकालीन पुनस्र्थापनाका कार्यहरुमा परिचालन गर्न सहयोग पुगोस् भनेर आर्थिक सहयोग गरिएको केजी अस्पताल प्रा।लिका सहायक प्रबन्ध निर्देशक बसन्त अवस्थीले बताए । अस्पतालको भदौ ११ गतेदेखि १७ गतेसम्मको सबै आम्दानी ११ लाख ५१ हजार ६६३ रुपैयाँ र कर्मचारीको तर्फबाट ५१ हजार १११ रुपैयाँ बाढीपीडितलाई सहयोग गरिएको उनले जानकारी दिए । पीडामा रहेका नागरिकप्रतिको दायित्वलाई आत्मसात गर्दै अस्पतालका सम्पूर्ण चिकित्सक, नर्सिङ, प्रशासनिक तथा सहयोगी कर्मचारीहरूले समेत आफ्नो तर्फबाट स्वेच्छिक रूपमा सहयोग गरेको अस्पतालले जनाएको छ ।
‘बाढी कारण आफन्त गुमाउनु भएका र बेपत्ता परिवारको पर्खाइमा छटपटाइ रहनु भएका नागरिकको पीडाप्रति हामी स्तब्ध छौँ’ सहायक प्रबन्ध निर्देशक अवस्थीले भने, ‘मानव जीवनको रक्षा र उपचार गर्नु नै हाम्रो मुख्य उद्देश्य हो । यस विपद्को घडीमा समाजलाई आड भरोसा दिनु आफ्नो कर्तव्य ठानेर हामीले सात दिनको कलेक्सन र हाम्रा कर्मचारी साथीहरूको स्वेच्छिक सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा पठाउने निर्णय गरेका हौँ ।’
अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको यो सहयोगले थोरै भए पनि पीडितको घाउमा मलम लगाउने विश्वास लिएको उनले बताए ।
विगतमा कोभिड १९ को चरम संकटकालका बेला अस्पतालहरुमा उपचार शुल्क बढेका बेला पनि केजी अस्पतालले सेवा भावसहित सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अक्सिजन, पीपीइ वा डाक्टर राउण्डका नाममा कुनै अतिरिक्त शुल्क नलिएर त्यसअघिकै सेवा शुल्कमा उपचार सुविधा दिएको उनले बताए ।
धनगढीको चौराहामा रहेको केजी अस्पतालले चौबिसै घण्टा आकस्मिक सेवा, ओपीडि, आधुनिक प्रविधिबाट शल्यक्रियालगायत स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक र सेवामुलक कामहरु पनि गर्दै आएको साहायक प्रबन्ध निर्देशक अवस्थीले बताए ।
ताजा अपडेट
- जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट तीन विधेयक संसदमा दर्ता
- स्वास्थ्य बीमाअन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालका १५१ पदमा १ हजार ६ सय बढीको आवेदन
- कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालमा थपिए २९ विशेषज्ञ चिकित्सक
- आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
- राजविराज अस्पताल घटनाको छानबिन प्रतिवेदन प्राप्त, आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढ्यो
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया