Techie IT
  • मंगलबार, भदौ १६, २०८३ / Tuesday, September 1, 2026
गृहपृष्ठप्रदेशधनगढीको केजी हस्पिटलले एक साताको जम्मा हुने रकम प्रकोप उद्धार कोषमा सहयोग गर्ने

धनगढीको केजी हस्पिटलले एक साताको जम्मा हुने रकम प्रकोप उद्धार कोषमा सहयोग गर्ने


काठमाडौं । भोटेकोशीमा बुधबार आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि धनगढीस्थित के. जी. हस्पिटल प्रा.लि.ले सहयोग गर्ने घोषणा गरेको छ।

के. जी. हस्पिटल प्रा.लि. धनगढीले ११ गतेदेखि १७ गतेसम्म अस्पतालमा संकलन हुने आफ्नो सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता गरेको हो।

हस्पिटलले विपद्को समयमा मानवीय सहयोग आवश्यक रहेको भन्दै बाढी तथा पहिरो प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ।

हस्पिटलका अनुसार ७ दिनको अवधिमा संकलन हुने रकम उद्धार कोषमा जम्मा गरिनेछ। अस्पतालमा लिइने सेवामार्फत समेत उक्त राहत कोषमा योगदान पुग्ने भएकाले सेवाग्राहीलाई सहयोग गर्न हस्पिटलले आग्रह गरेको छ।

हस्पिटलले सहयोग रकम दुरुपयोग हुन नदिन रकम कानुनअनुसार सुरक्षित गरिएको र उद्धार तथा राहत कार्यमा मात्र खर्च हुने जनाएको छ। साथै, कुनै पनि असम्बन्धित वा व्यक्तिगत बैंक खातामा रकम नपठाउन आग्रह गर्दै आधिकारिक माध्यमबाट मात्रै सहयोग गर्न अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!