प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
चितवन । बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुरको जनस्वास्थ्य प्रयोगशाला सेवा एकाइ चितवनमा खकार परीक्षण तथा एचआइभी, एचसिभी र भाइरल लोड परीक्षणबाहेकका सम्पूर्ण सेवा बन्द भएका छन् । प्रयोगशालामा अघिल्लो आर्थिक वर्षमा ल्याइएका सामग्री सकिएको र चालु आवका लागि आवश्यक सामग्री आइनसकेकाले गत साउन २६ गतेदेखि सेवा बन्द भएको हो ।
प्रयोगशालाका सूचना अधिकारी रमेशसिंह डोवालले प्रयोगशाला सेवा बन्द भएको सम्बन्धमा सूचना जारी गरी सेवाग्राहीलाई जानकारी गराइएको बताए । उनका अनुसार प्रयोगशाला सामग्री खरिदको प्रक्रिया चलिरहेको भए पनि आवश्यक सामग्री आइनसकेका कारण सेवा बन्द गर्नुपरेको हो ।
प्रयोगशालाबाट विभिन्न स्वास्थ्य परीक्षण हुँदै आएको थियो । यहाँ दैनिक एक सयभन्दा बढी व्यक्तिको विभिन्न स्वास्थ्य परीक्षण हुने गरेको सूचना अधिकारी डोवालले बताए । अन्य स्थानको तुलनामा सस्तो र विश्वसनीय सेवा पाइने भएकाले सेवाग्राहीको आकर्षण रहेको उनको भनाई छ । ‘यहाँ आउने बिरामीले सेवा सस्तो र विश्वासिलो भएको बताउनुहुन्छ । अहिले सेवा बन्द हुँदा बिरामीलाई अन्यत्र जानुपर्ने अवस्था आएको छ’, उनले भने, ‘प्रयोगशालाका सामग्री क्रमशः सकिँदै जाँदा केही सेवाहरू बन्द हुँदै आएका थिए । तर तीनचार दिनदेखि सबै सामग्री सकिएपछि सम्पूर्ण सेवा बन्द गर्नुपर्ने अवस्था आएको हो ।’
बागमती प्रदेशका तत्कालीन स्वास्थ्यमन्त्री एवं प्रदेशसभा सदस्य उत्तम जोशीले २०८० असार १६ गतेदेखि चितवनमा जनस्वास्थ्य प्रयोगशाला सेवा एकाइ सञ्चालनमा ल्याएका थिए ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया