Techie IT
  • मंगलबार, भदौ १६, २०८३ / Tuesday, September 1, 2026
गृहपृष्ठप्रदेशशहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयः उपप्राध्यापक बन्ने उम्मेदवारको अन्तर्वार्ता साउन २५ देखि, यस्तो छ तालिका

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयः उपप्राध्यापक बन्ने उम्मेदवारको अन्तर्वार्ता साउन २५ देखि, यस्तो छ तालिका


काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय कैलालीले करार सेवामा शिक्षक पदका लागि आवेदन दिएका योग्य उम्मेदवारहरूको अन्तर्वार्ता तालिका सार्वजनिक गरेको छ।

विश्वविद्यालयले २०८२ फागुन ८ गते करार सेवामा शिक्षक पदका लागि प्रकाशित गरेको विज्ञापनका आधारमा प्राप्त आवेदनमध्ये योग्यता पुगेका उपप्राध्यापक पदका उम्मेदवारहरूको अन्तर्वार्ता तालिका सार्वजनिक गरेको हो।

विश्वविद्यालयले सार्वजनिक गरेको सूचनाअनुसार विभिन्न विषयका उम्मेदवारहरूको अन्तर्वार्ता विषय तथा पदको वर्णानुक्रमअनुसार सञ्चालन हुनेछ। अन्तर्वार्ता साउन २५ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने तालिकामा उल्लेख छ।

तालिकाअनुसार शरीर रचनाशास्त्र, निश्चेतनाशास्त्र, जैवरसायनशास्त्र, सामुदायिक चिकित्सा, दन्त शल्यचिकित्सा, नाक–कान–घाँटी, सामान्य चिकित्सा, सामान्य शल्यचिकित्सा, आन्तरिक चिकित्सा, चिकित्सा शिक्षा, सूक्ष्मजीव विज्ञान, नर्सिङ, प्रसूति तथा स्त्रीरोग, नेत्ररोग, हाडजोर्नी तथा शल्यचिकित्सा, बालरोग, रोगविज्ञान, शरीरक्रियाशास्त्र, मनोरोग, चर्मरोग र विकिरण चिकित्सा विषयका उम्मेदवारहरू अन्तर्वार्तामा सहभागी हुनेछन्।

यसअघि विश्वविद्यालयले विभिन्न विभागमा ३ जना प्राध्यापक र १४ जना सहप्राध्यापक नियुक्त गरिसकेको छ। विश्वविद्यालयले सोसँगै शिक्षण अस्पताल सञ्चालन गर्दै चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारीलाई समेत अघि बढाइरहेको छ।

अन्तर्वार्तामा सहभागी हुने उम्मेदवारहरूले विश्वविद्यालयले तोकेको मिति, समय र स्थानमा आवश्यक कागजातसहित उपस्थित हुनुपर्नेछ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!