१० प्रतिशत निःशुल्क शय्या सेवामा मन्त्रालयको कडाइ
सबै अस्पतालका सम्पर्क व्यक्तिहरूको विवरण सार्वजनिक
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवाप्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण सार्वजनिक गरेको छ।
मन्त्रालयले सोमबार सूची सार्वजनिक गर्दै निःशुल्क शय्या सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न प्रत्येक अस्पतालका सम्पर्क अधिकारी तोकेको जनाएको छ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणमा संघीय,प्रादेशिक,सामुदायिक,शिक्षण तथा निजी अस्पतालहरू समेटिएका छन्। प्रत्येक अस्पतालका फोकल पर्सनको नाम र फोन नम्बर राखिएको छ,जसबाट निःशुल्क उपचारसम्बन्धी समस्या आएमा बिरामी वा सेवाग्राहीले सिधै सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।
कार्यविधिले सुनिश्चित गरेको १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवालाई व्यवहारमै कार्यान्वयन गराउन मन्त्रालयले निगरानी र समन्वयलाई थप कडाइ गरेको हो। मन्त्रालयले यसअघि नै निःशुल्क शय्या व्यवस्थापनका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ भने अस्पतालहरूले आरक्षित शय्याको विवरण नियमित अद्यावधिक गर्नुपर्ने व्यवस्था लागू गरिसकेको छ।
मन्त्रालयले सेवाग्राहीलाई आवश्यक परे सार्वजनिक गरिएको सम्पर्क विवरण प्रयोग गरी निःशुल्क उपचारसम्बन्धी जानकारी लिन,समस्या भए गुनासो गर्न तथा सेवा प्राप्तिमा समन्वय गर्न आग्रह गरेको छ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया