स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघको चेतावनीः परिषद्को दोहोरो अभ्याससम्बन्धी निर्णय तत्काल सच्याउन माग
काठमाडौं । स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघ, नेपालले नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले गरेको दोहोरो अभ्याससम्बन्धी निर्णय तत्काल खारेज गरी प्रचलित कानुनबमोजिम आवश्यक निर्णय गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग माग गरेको छ ।
संघका अध्यक्ष हेमराज खड्काद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा परिषद्ले मिति २०८२ माघ १४ गते गरेको पत्राचारमार्फत हेल्थ इन्स्पेक्सन ((हे.ई) समूहमा दर्ता भएका व्यक्तिहरूलाई हेल्थ एजुकेसन (हे ए ) समूहको व्यवसाय समेत गर्न पाउने व्यवस्था गरेकोप्रति गम्भीर आपत्ति जनाइएको छ । संघका अनुसार परिषद्को उक्त निर्णय प्रचलित कानुन तथा परिषद्का नियमावलीविपरीत छ ।
यसबाट स्वास्थ्य व्यवसायीहरूको दर्ता प्रणाली, कार्यक्षेत्र तथा पेशागत मर्यादामा प्रतिकूल असर पर्ने, सेवा प्रवाहमा अन्योल सिर्जना हुने, व्यवसायीहरूको वृत्ति विकासमा बाधा पुग्ने तथा गुणस्तरीय स्वास्थ्य सेवामा समेत नकारात्मक प्रभाव पर्ने दाबी गरिएको छ ।
ध्यानाकर्षण पत्रमा मन्त्रालय, परिषद् तथा सम्बन्धित निकायलाई यस विषयमा पटक–पटक लिखित तथा मौखिक रूपमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको उल्लेख गरिएको छ ।
त्यसैले परिषद्को उक्त निर्णय तत्काल बदर गरी कानुनअनुसार आवश्यक निर्णय गर्न संघले मन्त्रालयसँग आग्रह गरेको हो । संघले तोकिएको अवधिभित्र माग सम्बोधन नभए प्रचलित कानुनबमोजिम उपलब्ध सबै संवैधानिक तथा कानुनी उपाय अवलम्बन गर्ने चेतावनीसमेत दिएको छ ।
साथै, परिषद्मा तालाबन्दी, मन्त्रालय परिसरमा धर्ना, अध्यक्षको नेतृत्वमा आमरण अनशन तथा अन्य शान्तिपूर्ण आन्दोलनका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने उल्लेख गर्दै त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले नै वहन गर्नुपर्ने जनाएको छ ।
ध्यानाकर्षण पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पठाइएको छ ।

ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया