स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको प्रस्तावित नयाँ संगठन संरचनाको मस्यौदामा हाल रहेका स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग र वैकल्पिक चिकित्सा विभाग खारेज गर्ने प्रस्ताव गरिएको छ ।
साथै मन्त्रालयमा रहेको १२औँ तहको अतिरिक्त सचिव पदसमेत हटाउने व्यवस्था प्रस्तावमा समेटिएको छ। प्रस्तावित संरचनाअनुसार अब मन्त्रालयको नेतृत्व सचिवले गर्नेछन् ।
सचिवको मातहत तीन महाशाखा र स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई रहने व्यवस्था गरिएको छ । हाल मन्त्रालयमा तीन अतिरिक्त सचिवको दरबन्दी रहे पनि नयाँ संरचनामा उक्त पद राखिएको छैन ।
अहिले डा. सङ्गीता कौशल मिश्र र डा.श्रीकृष्ण श्रेष्ठ अतिरिक्त सचिवका रूपमा कार्यरत छन् । मस्यौदाअनुसार मन्त्रालयमा नीति, योजना तथा जनस्वास्थ्य समन्वय महाशाखा, स्वास्थ्य, खाद्य स्वच्छता तथा औषधि गुणस्तर नियमन महाशाखा तथा प्रशासन तथा सूचना प्रविधि महाशाखा रहनेछन् ।
नीति, योजना तथा जनस्वास्थ्य समन्वय महाशाखाअन्तर्गत नीति, योजना तथा बजेट, अनुगमन, मूल्याङ्कन तथा अनुसन्धान तथा स्वास्थ्य समन्वय, जनसङ्ख्या तथा सूचना व्यवस्थापन शाखा रहने प्रस्ताव छ।
यस्तै स्वास्थ्य, खाद्य स्वच्छता तथा औषधि गुणस्तर नियमन महाशाखाअन्तर्गत स्वास्थ्य संस्था मापदण्ड तथा गुणस्तर नियमन, चिकित्सा सेवा, शिक्षा तथा वैकल्पिक चिकित्सा तथा खाद्य तथा औषधि गुणस्तर नियमन शाखा रहने व्यवस्था गरिएको छ।
प्रशासन तथा सूचना प्रविधि महाशाखाअन्तर्गत प्रशासन तथा मानव स्रोत व्यवस्थापन, आर्थिक प्रशासन, तथा कानुन, सूचना प्रविधि एवं इ–हेल्थ शाखा रहने प्रस्ताव गरिएको छ । प्रस्तावित संरचनामा मन्त्रालयअन्तर्गत विभिन्न तहका गरी १ हजार ८०६ पुल दरबन्दी रहने उल्लेख छ। निजी सचिवालय र सचिवालयका लागि पनि छुट्टै जनशक्ति प्रस्ताव गरिएको छ ।
यद्यपि मन्त्रालयले सार्वजनिक भएको यो दस्तावेज प्रारम्भिक मस्यौदा मात्र भएको जनाएको छ। मन्त्रालय स्रोतका अनुसार संगठन संरचनामा थप संशोधन हुन सक्ने सम्भावना रहेको छ। साथै हाल कार्यरत १२औँ तहका चिकित्सकहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा समेत छलफल जारी छ ।
नयाँ संगठन संरचना अन्तिम रूप पाएसँगै संघीय स्वास्थ्य प्रशासनको कार्यविभाजन, नेतृत्व संरचना र जनशक्ति व्यवस्थापनमा उल्लेखनीय परिवर्तन आउने अपेक्षा गरिएको छ ।

ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया