महेन्द्रनगर । जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको अध्यक्षमा सुनिल चन्द सर्वसम्मत निर्वाचित भएका छन् ।
मंगलबार जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंहको प्रमुख आतित्थमा आयोजित कार्यक्रमबाट पहिलो पटक शारीरिक सुगठन तथा फिटनेस संघ कञ्चनपुरको कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
शारीरिक सुगठनका पुर्व राष्ट्रिय खेलाडी समेत रहेका चन्दको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले जानकारी दिए ।
संघको उपाध्यक्षमा नारायण पाण्डेय, सचिवमा कमलेश बहादुर सिंह, कोषाध्यक्षमा लक्ष्मीदत्त पन्त सर्वसम्मत चयन भएका छन् । भने सदस्यहरु किसन चन्द, संविधान गौतम, निर्मला नाथ, दिपा चन्द र ललित भट्ट चयन भएका छन् ।
नवगठित समितिलाई बधाई ज्ञापन गर्दै जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंहले शारीरिक सुगठन खेलप्रति युवा आकर्षण बढिरहेकाले यसको हकहित र विकासका सक्रिय भएल लाग्न आग्रह गरे । जिल्लामा व्यायमशालाहरुबाट राष्ट्रिय स्तरमा प्रतिस्प्रर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्न संघको भूमिका अहम हुने उनको भनाई छ ।
नवनिर्वाचित अध्यक्षले स्वास्थ्य प्रतिको सचेतताका कारण यहाँ पछिल्लो समय जिम तथा व्यायाम हाउसहरु आउने क्रम बढेको बताए । “ शारीरिक सुगठनको विकास र विस्तारमा सिंगो समिति सक्रिय हुनेछ ।” उनले भने–“ हिजोका दिनमा खेलाडी खोज्न मुश्किल हुन्थ्यो । अहिले हरेक प्रतियोगितामा यहाँबाट खेलाडीहरु सहभागी भइरहेका छन् ।”

ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया