जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित
जुम्ला । जुम्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको आयोजनामा आज यहाँको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहलाई एक कार्यक्रमबीच पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरणकुमार शर्माले चालु आर्थिक वर्षमा यहाँका सबै स्थानीय तहका बालबालिकालाई पूर्ण रूपमा खोप लगाइएकाले पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताए ।
जिल्लाका आठ स्थानीय तहका १५ महिनासम्मका दुई हजार ६८ र १६ देखि २३ महिनाका तीन हजार ३६४ बालबालिकालाई सबै प्रकारका खोप लगाइएको हो । प्रमुख जिल्ला अधिकारी दीपककुमार पौडलेले निरोगी हुनका लागि बालबालिकालाई सबै प्रकारका खोप लगाउनु अपरिहार्य रहेको बताए ।
जिल्ला खोप समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गर्नका लागि महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र स्थानीय तहको योगदान महत्त्वपूर्ण रहेको बताए ।
समग्र जिल्लाको ६८ प्रतिशत खोपको प्रगति भएको छ । खोप केन्द्र सङ्ख्या ८९ वटा रहेका छन् । कार्यक्रममा जिल्लाका आठ स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान गरिएको थियो ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया