एमडीएच फार्मास्युटिकल्सलाई युरोपमा क्वालिटी अचिभमेन्ट अवार्ड
काठमाडौं । नेपालको एमडीएच फार्मास्युटिकल्सले बेल्जियमको राजधानी ब्रसेन्समा हालै आयोजित अन्तरराष्ट्रिय गुणस्तर सम्मेलनमा स्वर्ण विधा तर्फ क्वालिटी अचिभमेन्ट अवार्ड प्राप्त गरेको छ ।
युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चले उक्त अवार्ड प्रदान गरेको हो । अवार्ड प्राप्त गरेको खुशीयालीमा एमडीएचले विहीबार राजधानीमा आयोजना गरिएको पत्रकार भेटघाटमा एमडीएचका अध्यक्ष दीपकप्रसाद दाहालले कम्पनीको गुणस्तर, अनुसन्धान र नव प्रवर्तनको क्षेत्रमा उल्लेखनिय कार्य गरेको मूल्यांकनका आधारमा कम्पनीलाई पुरस्कृत गरेको बताए ।
एमडीएच फार्मास्युटिकल्स विगत २२ वर्षदेखि नेपालमा पशु स्वास्थ्य क्षेत्रमा औषधि तथा फुड सप्लिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले नेपालमै पहिलो पटक स्वासप्रस्वासका विरामीहरुका लागि सुख्खा पाउडर इनहेलर उत्पादन सुरु गरेको छ ।
नेपाली औषधि उद्योगले प्राप्त गरेको यो अवार्ड सम्पूर्ण नेपाली औषधि उद्योगकै लागि खुशीको कुरा भएको अध्यक्ष दाहालले बताए ।
ताजा अपडेट
- सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो
- दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान
- एमडीएच फार्मास्युटिकल्सलाई युरोपमा क्वालिटी अचिभमेन्ट अवार्ड
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा ढिलाइ, बजेट फ्रिज हुने जोखिम
- पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
- स्वास्थ्य क्षेत्रको सुधार र सुदृढीकरणमा सरकार प्रतिवद्ध छः स्वास्थ्यमन्त्री मेहता
- अन्तरराष्ट्रिय योग दिवसमा पहिलो पटक कैलाश–मानसरोवरमा योगाभ्यास हुने
- चिकित्सा शिक्षा आयोगद्वारा पाठ्यक्रमअनुसार मात्रै सेवामा खटाउन निर्देशन
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया