अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण
काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का क्रममा करिब १८ हजार बालबालिका शीघ्र कडा कुपोषणबाट ग्रसित देखिएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता अभियान सञ्चालन गरेको हो ।
उक्त अभियानको तथ्याङ्क सार्वजनिक गर्दै १८ हजार ३०९ बालबालिकामा कडा शीघ्र कुपोषण देखिएको स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए । उनका अनुसार अभियानको क्रममा १० लाख ३५ हजार २०१ बालबालिकामा परीक्षण गरिएकामा १८ हजार ३०९ जना बालबालिका शीघ्र कडा कुपोषितबाट ग्रसित देखिएका हुन् ।
जाँच गर्दा ८८ हजार २०५ बालबालिकामा शीघ्र कुपोषित रहेका पाइएको पोषण शाखा प्रमुख थापाले बताए । सरकारले गत वैशाख १५ देखि जेठ १५ गतेसम्म छ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न, शीघ्र कुपोषणको समयमा पहिचान र उपचार गर्न अभियान सञ्चालन गरेको उनले जानकारी दिए।
“यसपटक हामीले देशभरि नै अभियान सञ्चालन गरेको हुनाले कडा शीध्र कुपोषण भएका बालबालिका धेरै देखिएका हुन्”, पोषण शाखा प्रमुख थापाले भने, “शीघ्र कडा कुपोषण सङ्ख्या धेरै देखिएकाले आगामी दिनमा सोहीअनुसार योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नेछौँ ।”
कडा शीघ्र कुपोषण सबैभन्दा बढी मधेश प्रदेशका आठ हजार ३८०, लुम्बिनीमा तीन हजार १५, सुदूरपश्चिममा एक हजार ७५८, कोशीमा एक हजार ५९०, कर्णालीमा एक हजार ५०३, बागमतीमा एक हजार ४०१ र गण्डकी प्रदशेमा ६६२ जनामा देखिएको उनले जानकारी दिए । उनका अनुसार कडा शीघ्र कुपोषण भएका बालबालिका ख्याउटे, करङ्ग देखिने खालका हुन्छन् ।
यस्तो किसिमको कुषोषण लागेका बालबालिकालाई ‘तयारी उपचारात्मक खाना’ दिने भएकाले उक्त तयारी खाना खाएपछि बालबालिका स्वस्थ्य हुने पोषण शाखा प्रमुख थापाले बताए । तयारी खाना दिँदा पहिलेको अवस्थामा नआएका बालबालिकाका लागि देशभर २५ वटा पुनःस्थापना केन्द्रमार्फत आमा र बच्चा दुवैलाई दैनिक रूपमा हेरेर तयारी खाना खुवाउने गरिएको उनले जानकारी दिए ।
यस्तै शीघ्र कुपोषण पनि सबैभन्दा बढी मधेस प्रदेशमा ३८ हजार ९४८ जना बालबालिकामा देखिएको पोषण शाखा प्रमुख थापाले जानकारी दिए । उहाँका अनुसार लुम्बिनीमा १७ हजार ८७९, सुदूरपश्चिममा नौ हजार ३४४, कोशीमा छ हजार ५९६, बागमतीमा छ हजार ४८०, कर्णालीमा पाँच हजार ९८९ र गण्डकी प्रदेशमा दुई हजार ९६९ जनामा देखिएको छ । शीघ्र कुपोषण भएका बालबालिका दुब्लाउने, उमेरअनुसार तौल नहुने, लुरे हुने गर्दछन् ।
सरकारले आगामी वर्षदेखि बालबालिका र आमाको पोषणको अवस्था ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ लाई नियमित कार्यक्रममा समावेश गर्ने तयारी गरिसकेको शाखाका प्रमुख थापाले जानकारी दिए ।
ताजा अपडेट
- सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो
- दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान
- एमडीएच फार्मास्युटिकल्सलाई युरोपमा क्वालिटी अचिभमेन्ट अवार्ड
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा ढिलाइ, बजेट फ्रिज हुने जोखिम
- पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
- स्वास्थ्य क्षेत्रको सुधार र सुदृढीकरणमा सरकार प्रतिवद्ध छः स्वास्थ्यमन्त्री मेहता
- अन्तरराष्ट्रिय योग दिवसमा पहिलो पटक कैलाश–मानसरोवरमा योगाभ्यास हुने
- चिकित्सा शिक्षा आयोगद्वारा पाठ्यक्रमअनुसार मात्रै सेवामा खटाउन निर्देशन
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया