महेन्द्रनगर । सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोपको अभाव भएको छ । कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप सरकारी अस्पताल र स्वास्थ्य संस्थामा अभाव भएको दुई साता बितिसकेको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले सुदूरपश्चिममा निःशुल्क रूपमा सेवाग्राहीले उपलब्ध हुनुपर्ने खोप अभाव रहेको बताए । तर, उनले निजी स्वास्थ्य संस्थामा भने खोपको बिक्री वितरण भइरहेको बताए । ‘प्रदेश सरकारले खोप खरिदका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । अहिले दुई–तीन महिनायता त्यही खोपले सहजता भयो’, जोशीले भने ।
त्यसैगरी, प्रदेश सामाजिक विकास मन्त्रालयले यहाँका स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र स्थानीय तहलाई पत्राचार गर्दै खोप व्यवस्थापन गर्न आग्रह गरेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाबाट निःशुल्क वितरण गरिने उक्त खोप आपूर्ति हुन नसकेको र अझै केही समय लाग्ने पत्रमा उल्लेख छ ।
त्यस्तै गत जेठ १६ गते स्वास्थ्य सेवा विभागले खोप व्यवस्थापन गर्न प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय र स्थानीय तहलाई आग्रह गरेको छ ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया