सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठनः बेलबहादुर राना सामाजिक विकास मन्त्री नियुक्त
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री कमल बहादुर शाहले नयाँ मन्त्री नियुक्त गरेसँगै सोमबार नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
पुनर्गठनअनुसार बेलबहादुर रानाले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाएका छन् भने मधु भारती सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन् । यसैगरी, विक्रम सिंह धामी आर्थिक मामिला मन्त्री नियुक्त भएका छन् भने मानबहादुर रावलले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । जुना दानीले आर्थिक मामिला राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी छन् ।
सुदूरपश्चिम प्रदेशमा हाल नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धन सरकार रहेको छ । कांग्रेसले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नेतृत्वलाई जिम्मेवारी दिएपछि मन्त्रिपरिषद्मा हेरफेर गरिएको हो । नवनियुक्त मन्त्रीहरूले शपथग्रहणपछि मन्त्रालयको कार्यभार सम्हालेका छन् ।
सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य, शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रका महत्वपूर्ण जिम्मेवारी रहने भएकाले नयाँ नेतृत्वको कार्यसम्पादनलाई चासोका साथ हेरिएको छ ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया