शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा ४ र रजिस्ट्रारमा १९ जनाको दाबी
धनगढी । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार पदका लागि आवेदन दिने प्रक्रिया सकिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार उपकुलपति पदमा ४ जना र रजिस्ट्रार पदमा १९ जनाको दरखास्त परेको छ ।
मन्त्रालयले केही समयअघि सार्वजनिक सूचना जारी गर्दै दुवै पदका लागि योग्य उम्मेदवारबाट आवेदन आह्वान गरेको थियो । उपकुलपति र रजिस्ट्रार पदका लागि उमेर हद समान राखिएको थियो ।
सूचनाअनुसार आवेदन दिने अन्तिम दिनसम्म न्यूनतम ३५ वर्ष उमेर पूरा भई अधिकतम ६१ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको थियो । सोही मापदण्डअनुसार आवेदन परेको मन्त्रालयले जनाएको छ ।
अब प्राप्त आवेदनहरूको प्रारम्भिक अध्ययन, आवश्यक कागजात परीक्षण तथा सर्टलिस्ट तयार गर्ने प्रक्रिया अघि बढाइने मन्त्रालयको भनाइ छ । सर्टलिस्टपछि छनोट प्रक्रियाका अन्य चरण अगाडि बढाइने जनाइएको छ ।
सुदूरपश्चिममा स्वास्थ्य शिक्षाको पहुँच विस्तार तथा विशेषज्ञ जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित स्थापना प्रक्रिया अघि बढाइएको विश्वविद्यालयमा नेतृत्व चयनलाई चासोका साथ हेरिएको छ ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया